यहि शैक्षिकसत्रदेखि नेपालमा सिएमए, अनमी, पीसीयल नर्सिङ र ल्याब असिस्टेन्टको पढाइ नहुने  

यहि शैक्षिकसत्रदेखि नेपालमा सिएमए, अनमी, पीसीयल नर्सिङ र ल्याब असिस्टेन्टको पढाइ नहुने  

काठमाडौ, राष्ट्रिय चिकित्सा शिक्षा आयोगले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत सञ्चालित स्वास्थ्य विषयका प्राविधिक प्रमाणपत्र तह मुनिका कार्यक्रम खारेज गरेको छ ।

गत साउन ३० मा बसेको आयोगको बैठकले चिकित्सा शिक्षा ऐन २०७५ को दफा ४२ अनुसार प्रमाणपत्र तहभन्दा मुनिका सबै कार्यक्रम खारेज गरेको हो ।आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले प्रमाणपत्र तह भन्दा मुनिका सबै कार्यक्रम यसै शैक्षिक सत्रबाट बन्द गर्ने निर्णय भएको जानकारी दिए ।

उनका अनुसार चिकित्सा शिक्षा ऐनकै दफा ४२ मै विश्वविद्यालय प्रतिष्ठान र सो अन्तर्गतका शिक्षण संस्थाहरुले प्रमाणपत्र तहका कार्यक्रम यसै शैक्षिक सत्रदेखि सञ्चालन नगर्न/नगराउने र सञ्ंचालनमा रहेका यस्ता कार्यक्रमहरुको अध्ययन अवधि पूरा भएपछि स्वतः फेजआउट हुने निर्णय छ ।

त्रिभुवन विश्वविद्यालयले सञ्चालन गर्दै आएको पीसीएल नर्सिङ विषयमा पनि यो वर्षदेखि भर्ना लिन नपाउने उनले बताए । योसँगै सिएमए, अनमी, पीसीयल नर्सिङ र ल्याब असिस्टेन्टलगायतका २३८ विषय पढाउने १३७ वटा कलेजको सम्बन्धन खारेज भएको छ ।खारेजीमा परेका यी संस्थालाई माथिल्लो तहका कार्यक्रम पढाउन सक्ने गरी बाटो खुला गरिएको छ ।

यसअघि भर्ना भएका विद्यार्थीको अध्ययन पूरा गराउन सम्बन्धित संस्थाले तीन पटकसम्म परीक्षा लिने व्यवस्था मिलाउनु पर्ने पनि आयोगको भनाइ छ ।