राम बहादुर बिश्वकर्मा
प्युठान,प्युठान नगरपालिका १० मरन्ठानामा रहेको बहुमुखी बचत तथा ऋण सहकारी संस्थाले पुर्ब अध्यक्ष लाई सम्मान,गरिब बिपन्न बालबालिका र असल ऋणि लाई पुरस्कृत गरेको छ।
आज १३ औं साधारणसभा तथा चौथो अधिबेशनमा सहकारी सस्थाका पुर्ब अध्यक्ष लाई सम्मान,बिपन्न परिबारका २ जना बिध्यार्थि र उत्कृष्ट ब्यबसाय गर्ने सदस्यलाई पुरस्कृत गरेको हो।
संस्थाले सस्थाका पुर्ब अध्यक्ष छबिराम पराजुली लाई दोसल्ला ओडाई प्रमाणपत्रले सम्मान गरेको हो।
त्यस्तै बाल बिध्या मा बि मजुवामा अध्ययनरत बिपन्न समुदायका छात्र दिनेश सुनार र कक्षा ८ मा अध्ययनरत छात्रा निर्मला सुनार लाई नगद र स्टेसनरी प्रदान गरिएको छ भने सहकारीले ६ जना असल ऋणि लाई सम्मान गरेको छ । जसमा बसन्ता बि.क,मनकुमारी के सि,तुलसा थापा,अम्बिका बस्नेत,कमला परियार र तुलसा थापा लाई सम्मान गरेको हो । त्यस्तै सस्था मार्फत उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै ब्यबस्थापक मिना के सि र सह ब्यबस्थापक मिना के सि लाई पुरस्कृत गरिएको थियो।
कार्यक्रमको उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्युठान नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष बिकास के सि ले सहकारीले आर्थिक क्षेत्रमा मात्र नभई सामाजिक उत्तरदायित्वमा उत्तिकै सेवारत भएकोमा खुशी व्यक्त गरेका थिए।
सहकारीमा थोरै लगानीबाट भविष्यमा धेरै पुँजी हुने भन्दै उनले सहकारीले सेयर सदस्यको विरुद्धमा काम गर्न नहुँने बताए।
मरन्ठाना क्षेत्रमा ५ वटा सहकारी भएको भन्दै एउटै उद्देश्य, भएका सहकारी सस्था मर्ज हुनुपर्ने बताए । सबै सहकारी संस्थाहरुलाई एउटा बनाएर कार्यसमिति एउटा बनाएमा सहकारीलाई समृद्ध बनाउन लाग्नु पर्ने समेत उनको भनाई छ।
त्यस्तै प्युठान गरपालिका वडा नं.१० का वडाध्यक्ष लोक बहादुर के सि ले ले सहकारी अभियानले छरिएर रहेका पुँजी,श्रम र सीपलाई एकीकृत गर्दै मुलुकको गरिबी न्यूनीकरण र समग्र आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पुऱ्याएको बताए ।
साथै के सि ले छरिएर रहेको पुँजीलाई एकत्रित गर्दै सदस्यलाई उत्पादनशील र व्यावसायिक बनाउन तर्फ लाग्नुपर्ने बताए।
संस्थाका अध्यक्ष माधब प्रसाद पराजुली को अध्यक्षता उपाध्यक्ष तारा पण्डितको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा सचिव पुर्ण बहादुर के सि ले प्रगति प्रतिबेदन र कोषाध्यक्ष मधुसुदन गीरी ले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।
यसैबिच १४ औं साधारण सभा तथा चौथो अधिबेशनले पराजुलीकै अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिती चयन गरेको छ । जस्को उपाध्यक्षमा तारा पण्डित,सचिवमा पुर्ण बहादुर के सि,कोषाध्यक्ष मधुसूदन गिरी रहेका छन । त्यस्तै सदस्यहरुमा कमला भारती,जाबुना थापा मगर, तुलसा भट्टराई,बसन्ता के सि,मीन बहादुर घर्ती मगर ,राधिका पराजुली र बासु के सि चयन भएका छन् ।
८ सय ६५ जना सेयर सदस्य आबद्ध संस्थाको हालको पुँजी कुल कारोबार १ करोड ४५ लाख २४ हजार ९ सय ७४ रहेको संस्थाले जनाएको छ।
शनिबार बाल बिध्या मा बि को प्राङ्गणमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न सहकारी सस्थाका अध्यक्ष, सेयर सदस्य लगायतको उपस्थिति रहेको थियो।



प्रतिक्रिया राख्नुहोस्