प्रथम भित्रीकोट महोत्सवको दोस्रो दिन :आज शान्ति रानी परियार र ढाकाराम पौडेलको प्रस्तुती

प्रथम भित्रीकोट महोत्सवको दोस्रो दिन :आज शान्ति रानी परियार र ढाकाराम पौडेलको प्रस्तुती

राम बहादुर बिश्वकर्मा
प्युठान,प्रथम भित्रिकोट प्युठान महोत्सवको दोस्रो दिन आज शान्ति रानी परियार र ढाकाराम पौडेल लगायतको प्रस्तुती रहने भएको छ। प्युठान नगरपालिका वडा नम्बर ७ स्थीत टिकुरी बसपार्क मेदानमा सञ्चालन भैरहेको महोत्सवमा  आज कलाकार परियार संगै कलाकार ढाकाराम पौडेल, सुमन विटी,अनित विष्ट र रमेश श्रेष्ठको प्रस्तुती रहने आयोजकले जनाएको छ ।
शान्ति रानिको पछिल्लो समय ‘म त ढले ढले‘गित निकै चर्चित रहेका छ।
उद्योग बाणिज्य संघ प्युठान नगरपालिका बजार इलाकाको आयोजनामा शुक्रबारदेखि शुरु भएको प्रथम भित्रिकोट महोत्सव पुस १७ गतेसम्म चल्ने छ। महोत्सवमा जिल्लाका विभिन्न कृषि उपज,प्रशिद्द प्राकृतिक,विभिन्न धार्मिक तथा सास्कृतिक सम्पदाको डकुमेन्ट्री प्रर्दशनी, स्थानीय परिकार, कला संस्कृति मुख्य आकर्षण रहेका छन् । महोत्सवको टिकट मोवाइल वालेट खल्तीबाट किन्न सकिने आयोजकले जनाएको छ । महोत्सव भित्र प्रवेशका लागि  सर्बसाधारणका लागि ८० रुपैया टिकट शुल्क र विद्यार्थीलाई ५० रुपैया टिकट निर्धारण गरिएको छ।
साथै जेष्ठ नागरिक,असाय,अशक्तहरुको लागि निशुल्क रुपमा महोत्सव प्रवेश गर्न पाउने व्यवस्था मिलाएको आयोजकले जनाएको छ।