प्युठान,देशभरका सामुदायिक बिध्यालय एक हप्ता बन्द भएका छन।
सेवा सुविधा वृद्धिको माग राख्दै भदौ १ गतेदेखि आन्दोलनरत विद्यालय कर्मचारीले भदौ १२ गतेदेखि १८ गतेसम्म सामुदायिक विद्यालय बन्द गर्ने पुर्ब कार्यक्रम घोषणा अनुरुप नेपाल बिद्यालय कर्मचारी परिषद राष्ट्रिय समितीले एक बिज्ञप्ति जारी गर्दै बिध्यालय बन्द गर्ने घोषणा गरेको थियो।

बिज्ञप्ति अनुसार नेपाल बिद्यालय कर्मचारी परिषदको २०७९/०४/२० गतेको निर्णय बमोजिम आन्दोलनका कार्यक्रम निरन्तर भइरहेको जनाउदै बाल बिध्या मा बि मरन्ठाना का लेखापाल हेमराज सेडाईले जानकारी दिनुभयो।
स्रोतका अनुसार मिति २०७९ भदौ १२ देखि १८ सम्म एक हप्ता बिद्यालय बन्द गर्ने घोषणा गरेको बताइएको छ।
सो अभियानमामा सबै सामुदायिक बिध्यालयका शिक्षक कर्मचारीलाई बिध्यालय बन्द गराई सहयोग गरिदिनुहुन अनुरोध समेत गर्नुभएको छ।

Tags :
सम्बन्धित खवर
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्