प्युठानमा कोरोना निको भई घर फर्कने संख्या २ सय नाघ्यो

प्युठान । प्युठानमा कोरोना भाइरस संक्रमणपछि निको भई डिस्चार्ज हुनेको संख्या २ सय नाघेको छ।
पछिल्लो चौबिस घण्टामा जिल्लाका विभिन्न आइसोलेशनबाट ४९ जना डिस्चार्ज भएसँगै कोरोना निको हुने संख्या २ सय २ पुगेको स्वास्थ्य कार्यालय प्युठानका फोकल पर्शन पुस्कल श्रेष्ठले जानकारी दिए। उनका अनुसार आज मात्रै कोरोना जितेर घर जानेहरुमा माण्डविका ३७, नौबहिनीका ५ र झिमरुकका ७ जना छन। उनिहरुलाई गाउंपालिकाले बनाएको स्थानीय आईसोलेशनमा राखिएको थियो।
शुक्रवार सम्म जिल्लामा कुल संख्या ३ सय २८ संक्रमित मध्ये २ सय २ जनालाई कोरोना निको भएको हो।