राम बहादुर बिश्वकर्माप्युठान /प्युठान नगरपालिका वडा न. ४ का बिजुवार बजारवासी यतिवेला धमिलो पानी खान बाध्य भएका छन् ।
केही दिनदेखि अविरल वर्षासँगै बिजुवार बासिले उपभोग गर्दै आइरहेको भौकाको पानी धमिलो आउन थालेपछि बजारवासी धमिलो पानी खान बाध्य भएका हुन् ।निर्माणकै समयमा ढल निस्कासन गर्ने पाइप सानो राखिएकाले पाइप बुझिएर यस्तो समस्या आउन सक्ने प्युठान नगरपालिका ४ का वडा अध्यक्ष लक्ष्मीप्रकाश राजभण्डारीले बताए ।
धेरै लामो समय देखि सोही स्थान भौकामा अविरल रुपमा पानि निस्कने मुलमा कुनै निकाश नभएको र वरिपरि सिम भएकाले वर्षात भएको समयमा पानी धमिलो आउने गरेको स्थानिय धनेश्वर खनालले बताए ।
उनका अनुसार पानीको मूलमा परम्परागत शैलिमा धारा निर्माण गरिएको छ । बर्षात हुँदा बाहिर बाट गएको पानी कटाइएको छैन ,त्यसैले वर्षातसँगै पानी धमिलो आउने गरेको खनालको भनाई छ ।पानीमा कुनै संकमण छैन तर वर्षापछि मुहानबाट पानी धमिलो आउने गरेको र वर्षा रोकिएमा पानी आफैँ सफा भएर आउने बजारबासिको भनाई छ। पानी धमिलो आउन थालेपछि बिरामी हुने डरैडरले पानी खान बाध्य भएका स्थानीय उपभोक्ता बताउँछन् ।
प्रतिक्रिया राख्नुहोस्