प्युठान,प्युठानमा जारी मतदान प्रक्रियाअन्तर्गत नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार सूर्य थापाले बिहानै आफ्नो मताधिकार प्रयोग गर्नुभएको हो।
उहाँले अमरसिंह माध्यमिक विद्यालय, सौतामारेस्थित बुथ नं. ‘ख’ बाट ठीक ७:०७ बजे सूर्य चुनाव चिन्हमा पहिलो मतदान गर्नुभएको थियो। मतदान सुरु भएसँगै उहाँ मतदान केन्द्र पुग्नुभएको थियो।
उहाँले मतदानपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउन सबै मतदातालाई उत्साहपूर्वक मतदानमा सहभागी हुन आग्रह गर्नुभएको बताइएको छ। जिल्लाभरका विभिन्न मतदान केन्द्रहरूमा शान्तिपूर्ण रूपमा मतदान प्रक्रिया अगाडि बढिरहेको जनाइएको छ।
यस निर्वाचनमा विभिन्न राजनीतिक दलका उम्मेदवारबीच प्रतिस्पर्धा रहेको छ भने जिल्लाभरका अन्य मतदान केन्द्रहरूमा पनि बिहानैदेखि मतदाताको उल्लेखनीय उपस्थिति देखिएको छ। सुरक्षा निकायको व्यवस्थापनमा मतदान कार्य शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको निर्वाचन अधिकारीहरूले जानकारी दिएका छन्।
प्रतिक्रिया राख्नुहोस्