सीता बि.क
प्युठान,नेकपा एमाले प्युठानका अध्यक्ष बिजय बिराज बिष्टले जनताको ठूलो बलिदान तथा सङ्घर्षले प्राप्त भएको गणतन्त्रलाई कसैले समाप्त गर्न नसक्ने बताउनुभएको छ।
१८ औं गणतन्त्र दिवसको अबसरमा अनेरास्ववियु र प्रेस चौतारी नेपालको संयुक्त आयोजनामा बिजुवारको मित्रमणी चोकमा भएको दिप प्रज्वलन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष बिष्टले‘अब नेपालमा कसैले सोच्दैमा राजतन्त्र फर्किनेवाला छैन।नेपाली जनताको बलिदानीबाट आएको गणतन्त्र कायम नै रहनेछ।
अहिले मुलुकमा लोकतन्त्र विरोधी शक्तिहरूले संघीय गणतन्त्रलाई समाप्त पार्ने खेल खेलिरहेको टिप्पणी टिप्पणी गर्दै काठमाडौंको कुनै गल्ली र चोकमा यसो जुलुस निकालेर गणतन्त्रलाई समाप्त पार्न सक्दैन।’ राजतन्त्र समाप्त भैसकेको छ उहाँले भन्नुभयो,"नेपाली जनताको लामो संघर्ष र बलिदान बाट आएको लोकतान्त्रिक गणतन्त्र नेपाललाई कसैले कुदृष्टीले हेर्छ भने त्यो पनि सधैका लागि समाप्त हुने निस्चित छ।"
त्यस्तै कार्यक्रममा अनेरास्ववियु का जिल्ला अध्यक्ष टेकराज के सि ले लामो एउटा गौरवपूर्ण,सङ्घर्ष,त्याग र बलिदानबाट ल्याइएको गणतन्त्रको विविध लाई प्रतिगामी शक्तिले समाप्त गर्नका लागि सङ्गठित र योजनाबद्ध प्रकारले अभियान चलाइरहेको भएपनी उनिहरुको दिवा सपना मात्र हुने बताउनुयो।
देशलाई प्रतिगमनको दिशामा जानुबाट रोक्नका लागि वा इतिहासले हामीलाई सुम्पेका उपलब्धिको रक्षाका लागि सङ्घर्ष गर्न सम्पूर्ण नेपाली जनता एकताबद्ध हुनुर्ने उहाँले बताउनुभयो।
बिजुवारको मित्रमणी चोकमा आयोजित उक्त कार्यक्रममा पार्टिका जिल्ला स्तरीय नेता,विभिन्न जनबर्गिय सङठनका अध्यक्ष त प्रतिनिधि पत्रकार लगायतको उपस्थिति रहेको थियो।
प्रतिक्रिया राख्नुहोस्