प्यूठानमा २३२ मतदान केन्द्र निर्माण, निर्वाचन तयारीमा तीव्रता

प्यूठानमा २३२ मतदान केन्द्र निर्माण, निर्वाचन तयारीमा तीव्रता

प्यार अलि खान 
प्युठान,बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्यूठानमा मतदान केन्द्र निर्माण तथा व्यवस्थापन कार्य सुरु गरिएको छ। जिल्ला भर अस्थायी केन्द्रसहित कुल २३२ वटा मतदान केन्द्र कायम गरिएको निर्वाचन कार्यालय प्यूठानले जनाएको छ।
जिल्ला कारागार प्यूठान र जिल्ला समन्वय समिति प्यूठान परिसरमा अस्थायी मतदान केन्द्र स्थापना गरिएको छ। ती स्थानमा मतदातालाई सहज रूपमा मतदान गर्ने वातावरण मिलाउन आवश्यक संरचना र व्यवस्थापनको काम भइरहेको छ।
निर्वाचनका लागि खटिएका कर्मचारी तथा सुरक्षाकर्मी सम्बन्धित मतदान केन्द्रमा पुगिसकेका छन्।मतदान केन्द्रमा मतपेटिका, मतदान कक्ष, सुरक्षा प्रबन्ध मिलाउने काम तीव्र रूपमा अघि बढाइएको छ।
निर्वाचन शान्तिपूर्ण,निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गराउन आवश्यक सम्पूर्ण तयारी भइरहेको जिल्ला प्रशासन कार्यालय प्यूठानले जनाएको छ।