प्यूठान,नेपाली कांग्रेसकी नेतृ एवं प्यूठान नगरपालिका कार्यपालिका सदस्य शान्ता खड्काले नेपाली कांग्रेस परित्याग गरी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गर्नुभएको छ।पार्टी प्रवेश कार्यक्रममा उहाँलाई नेकपा केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा उम्मेदवार कृष्णध्वज खड्काले खादा र फुलमालासहित स्वागत गर्नुभएको थियो।
खड्काको यस कदमलाई स्थानीय राजनीतिक परिदृश्यमा महत्वपूर्ण मानिएको छ।पार्टी प्रवेश कार्यक्रममा क्षेत्रीय कार्यकर्ता र स्थानीय जनता पनि उपस्थित थिए र नयाँ सदस्यलाई उत्साहका साथ स्वागत गरेका थिए।उहाँले पार्टी प्रवेशपछि भन्नुभयो “जनताको विश्वास र सहयोग मेरो सबैभन्दा ठूलो प्रेरणा हो।तर नेपाली कांग्रेसले मलाई कुनै विश्वास गर्न सकेन।त्यसैले म कांग्रेस छोडेको हुँ।अब म नेकपाको नीति,कार्यक्रम र जनताको हितका लागि अझ सक्रिय भुमिका निर्वाह गर्नेछु।"
सम्बन्धित खवर
केपी ओली प्रधानमन्त्री नियुक्त
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्