युद्धकालमा रोपिएको गोली शरीररमा बिझाउँछ,सास रहदा सम्म जनताको सेवामा समर्पित हुनेछु : पुन

युद्धकालमा रोपिएको गोली शरीररमा बिझाउँछ,सास रहदा सम्म जनताको सेवामा समर्पित हुनेछु : पुन

सीता बि.क
प्युठान,पूर्व उपराष्ट्रपति एवं नेकपा(माओवादी) केन्द्रका उपाध्यक्ष नन्द बहादुर पुनले विगतका त्रुटी,कमी–कमजोरीहरुलाई सच्याएर पार्टीले सशक्त रुपमा अगाडि बढ्नुपर्ने बताएका छन् ।
अहिले माओवादी केन्द्र प्रति जनता निकै उत्साहित र आशावादी भएको बताउदै दुई कार्यकाल उपराष्ट्रपति बनेका पासाङ्ग पुनःपार्टी राजनीतिमा सक्रिए रहेको बताए।
प्रेस सेन्टर नेपाल जिल्ला समिति प्यूठानले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले संविधानले उपराष्ट्रपतिलाई पार्टी राजनीतिमा लाग्न बन्देज नगरेको समेत बताए ।आफू अव सांसद,मन्त्री बन्नका लागि पार्टीमा नजोडिएको उनको भनाई छ ।“म फेरी सांसदका लागि चुनाव लड्न, मन्त्री बन्ने मेरो लक्ष्य होइन,” उनले भने, जनता मुक्तिको लागि मैले पार्टीलाई सुदृढ गर्ने कुरा, बैचारिक राजनीतिक रुपले सभागी बन्ने कुरा,पार्टी भित्रका अनेक राजनीतिक घटनाक्रममा बहस र छलफल गर्ने कुरामा रोक छैन पाटीमा एउटा इट्ट थप्नका लागि राजनैतिक क्षेत्रमा आएको हु।”
राज्यबाट सुबिधा नलिएको दाबी गर्दै पार्टीको थोत्रो गाडी चढ्‌दै आएको बताएका छन् ।
राष्ट्र र जनताको हितमा काम गर्नु मेरो कर्तव्य हुनेछ’उनले पत्रकार सँग भने,१० बर्षे युद्धकालमा शरीरमा रोपिएको गोली बिझाउँछ,युद्धको असर अझै सकिएको छैन,शरीररमा पनि,मनमा पनि‘बिगतमा मैले जहा,जे जस्तो भूमिका खेलेको थिए, त्यो राष्ट्र र जनताको सेवाका लागि गरेको थिए। अब पनि सास रहदा सम्म जनताको सेवामा समर्पित हुनेछु। 
माओवादी विद्रोहताका डेपुटी कमान्डर भएका उनी शान्ति प्रक्रियासँगै नेपाली सेनामा समायोजनमा नगएर राजनीतिमा लागेर दुई कार्यकाल उपराष्ट्रपति भएका थिए।प्रेस सेन्टर प्युठान शाखाका अध्यक्ष यादव पौडेलको अध्यक्षता,उपाध्यक्ष राधिका भुसालको स्वागत मन्तव्य बाट सुरु भएको पत्रकार भेटघाट कार्यक्रममा लुम्बिनी प्रदेशका पुर्वमुख्य मन्त्री जोग बहादुर महरा, पुर्व मन्त्री कृष्णध्वज खड्‌का,नेकपा माओवादी केन्द्र लुम्बीनि प्रदेशका सचिव कृष्ण प्रकाश अधिकारी लगायतको उपस्थिति रहेको उपस्थिती रहेको कार्यक्रमको सन्चालन सेन्टर सचिब केशर सुनारले गरेका थिए।