प्युठान,लामो समयदेखि कम्युनिष्ट आन्दोलनमा सक्रिय रहेका माण्डवी गाउँपालिका-१,तिराम निवासी लोकबहादुर महराले आफ्नो पुरानो पार्टी नेकपा (माओवादी) परित्याग गरी अब नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ।
एमालेमा प्रवेश गर्दै महरालाई पार्टीका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य सूर्यबहादुर थापाले औपचारिक रूपमा स्वागत गर्नुभयो। स्वागत समारोहमा स्थानीय नेता,कार्यकर्ता र शुभचिन्तकहरूको उपस्थितिले कार्यक्रमलाई विशेष महत्व दिएको थियो।
पार्टी प्रवेशसँगै महराले आगामी निर्वाचनको राजनीतिक अवस्था बारेमा आफ्नो दृष्टिकोण व्यक्त गर्दै भन्नुभयो,“हालको निर्वाचन राष्ट्र बचाउने र जलाउनेको बीचको प्रतिस्पर्धा हो। राष्ट्र बचाउने एक मात्र पार्टी नेकपा एमाले हो।”उहाँले थप्नुभयो,“जनताको पक्षमा काम गर्ने र जनताको आवाज उठाउने पार्टी नेकपा एमाले मात्र हो। त्यसैले मैले एमालेमा प्रवेश गरेको छु।”
सम्बन्धित खवर
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्