नेपालगञ्जमा थप ४७ कोराना पुष्टि, संख्या ३५१ पुग्याे

काठमाडौं । नेपालगञ्ज सहित थप ४७ मा कोरोना भाइरस रोगको पुष्टि भएको छ । यो संगै नेपालमा संक्रमितको संख्या ३५१  पुगेको छ । भेरी अस्पताल नेपागञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा ४७ जनामा कोरोना संक्रमण देखिएको स्रोतले जनाएको छ ।

हालसम्म २ जनाको मृत्यु भइसकेको छ भने ३६ जना संक्रमित निको भएका छन् । यसअघि आज  विहान रौतहटका ८ र बारामा १ गरि ९ जनामा कोरोना पुष्टि भएको थियो ।