नयाँ व्यवस्थापनसँगै न्यु संगम फेमली रेष्टुरेन्ट : स्वाद,शैली र सेवामा नयाँ मोड

नयाँ व्यवस्थापनसँगै न्यु संगम फेमली रेष्टुरेन्ट : स्वाद,शैली र सेवामा नयाँ मोड

राम बहादुर बिश्वकर्मा
प्युठान,प्युठानको केन्द्रिय व्यापारिक क्षेत्रका रूपमा पहिचान बटुलेको बिजुवार आजभोलि आधुनिक र व्यवस्थित रेष्टुरेन्ट संस्कृतिको केन्द्र बन्दै गएको छ। यही क्रमलाई अझ सुदृढ बनाउँदै न्यु संगम फेमली रेष्टुरेन्ट नयाँ व्यवस्थापनमा प्रवेश गरेको छ। ३ दशकदेखि नगरपालिका वडा नम्बर ४ भौकामा चल्दै आएको यो रेष्टुरेन्ट प्युठान नगरपालिका ४ बिजुवारमा आज औपचारिक कार्यक्रमसहित पुनः शुभारम्भ भएको हो।नयाँ व्यवस्थापनले पारिवारिक जमघट,औपचारिक भेटघाट तथा फुर्सदका क्षणलाई लक्षित गर्दै ‘फेमिली फ्रेन्ड्ली’वातावरणमा अझै नयाँपन थपिएको बताएको छ।
शुभारम्भ समारोहमा बोल्दै सन्चालक भुपेन्द्र श्रेष्ठले“स्थानीय स्वाद र आधुनिक परिकारको संयोजनसहित सबैले गर्व गर्न सक्ने सेवा दिनेछौँ”भन्दै आफ्नो प्रतिबद्धता व्यक्त गर्नुभयो।रेष्टुरेन्ट सञ्चालनको जिम्मेवारी सम्हालेका श्रेष्ठका अनुसार स्वच्छता,ग्राहक–मैत्री व्यवहार,गुणस्तरीय खानाको निरन्तरता र आधुनिक व्यवस्थापन प्रणाली मुख्य प्राथमिकतामा राखिएको छ।
रेष्टुरेन्टको नयाँ व्यवस्थापनले ‘परिवर्तन स्वादमा मात्र होइन,सेवामा पनि’ भन्ने लक्ष्य अघि सारेको छ। स्वच्छता,परिवारमैत्री वातावरण,आधुनिक मेनु र स्थानीय स्वादलाई प्राथमिकता दिने योजनासहित रेष्टुरेन्टले आफ्नो नयाँ यात्रा सुरु गरेको हो।
बिजुवारमा पारिवारिक भेटघाटदेखि व्यवसायिक भेटसम्मका लागि उपयुक्त स्थानका रूपमा चिनिन सुरु गरेको न्यु संगमले अहिलेका युवापुस्ता तथा परिवार दुवैलाई लक्षित गर्दै वातावरणीय आकर्षण तथा फुड क्वालिटीलाई मुख्य ध्यान दिने बताएको छ।बिजुवार तथा आसपासका बासिन्दाको स्वादलाई ध्यानमा राख्दै स्थानीय उत्पादनमा आधारित परिकारहरूलाई मेनुमा विस्तार गरिएको छ। घरको स्वाद झल्काउने परिकार,स्थानीय माँसजन्य खाना,पहाडी भान्साको विशेष सेट,आधुनिक फास्टफुड तथा कोल्ड–ड्रिङ्क्स,यसले रेष्टुरेन्टलाई ‘सबै उमेर र सबै स्वादका ग्राहकहरूको साझा गन्तव्य’ बनाउने लक्ष्य राखिएको छ।

आधुनिक वातावरण र आकर्षक सजावट

नयाँ व्यवस्थापनले भित्रि सजावटदेखि बत्तीको डिजाइन,टेबल–चेयर सेटअपदेखि भान्साको हाइजिनसम्म सबै पुनः व्यवस्थित गरेको छ।
रेष्टुरेन्टको नयाँ स्वरूप भित्रिएको ग्राहकले ‘पहिलेभन्दा धेरै खुला,सफा र रमाइलो’ वातावरणको अनुभव गर्न सक्नेछन्।
आज सम्पन्न शुभारम्भ कार्यक्रममा सहभागी स्थानीय व्यापारी तथा सामाजिक अगुवाले बिजुवारमा यस्ता व्यवस्थापनयुक्त रेष्टुरेन्टको आवश्यकतामा जोड दिएका थिए।कार्यक्रममा आएका एक स्थानीयले भने-“बिजुवारमा परिवारसहित निसंकोच बसेर समय बिताउन सकिने ठाउँ फेरि जोड़िएको छ,न्यु संगमले यो अभाव पूरा गर्नेछ।”
यस्ता योजनाले रेष्टुरेन्टलाई केवल व्यवसाय नभई, स्थानीय संस्कृतिको प्रवद्र्धक र सामुदायिक जमघटको केन्द्रका रूपमा समेत स्थापित गर्ने विश्वास व्यक्त गरिएको छ।
न्यू संगम फेमली रेष्टुरेन्टको नयाँ व्यवस्थापनसँगै बिजुवारको खानपान यात्रामा नयाँ अध्याय खुलेको छ।
ग्राहकका अपेक्षा,स्थानीय स्वाद र आधुनिक सेवा-सुविधाको संयोजनले रेष्टुरेन्टलाई अझ सशक्त रूपले अगाडि बढाउने अपेक्षा गरिएको छ।