गौमुखिबाट छत्रदेवतर्फ : सफल प्रशासनिक यात्रा पछ्याउँदै पौडेलको प्रेरणादायी बिदाई

गौमुखिबाट छत्रदेवतर्फ : सफल प्रशासनिक यात्रा पछ्याउँदै पौडेलको प्रेरणादायी बिदाई

राम बहादुर बिश्वकर्मा
प्युठान,गौमुखि गाउँपालिकाको कार्यालय लिवासे बिहिवार बिहानैदेखि असाधारण वातावरणले भरिएको थियो।साधारण दिनहरूमा कागजात,सेवा प्रवाह र योजना छलफलमा व्यस्त रहने उक्त कार्यालय यस दिन भने भावनात्मक र सम्मानमय मुद्रामा देखा परेको थियो।जनप्रतिनिधि,कर्मचारी,स्थानीय बासिन्दा-सबैको अनुहारमा एउटै भावना थियो यहाँका प्रमुख प्रशासकीय अधिकृत तुल्सिराम पौडेल प्रतिको सम्मान,कदर र आत्मीयता।किनकी उक्त समय थियो पौडेलको  बिदाईको दिन।

प्रमुख प्रशासकीय अधिकृत भन्दा बढी -एक सहकर्मी,साथी र मार्गदर्शक

प्रमुख प्रशासकीय अधिकृतका रूपमा गाउँपालिका प्रवेश गरेदेखि नै पौडेलले आफूलाई ‘जनप्रतिनिधि अधिकृत’को पारम्परिक दूरीमा सीमित राखेनन्।
उनी सहकर्मीका लागि सहज पहुँचका व्यक्ति थिए हेर्ने,सुन्ने र समाधान खोज्ने अधिकारी।बैठक होस् या फाँटस्तरका काम,उनी‘पहिले सुन्ने अनि निर्णय गर्ने’पद्धतिका अधिकारीका रूपमा चिनिए।
काममा कडाइ,व्यवहारमा सरलता र निष्पक्षतामा दृढता-यी तीन गुणले उनलाई सबैको प्रिय बनाए।

कार्यालयमा समयपालन देखि सेवाप्रवाहका मापदण्डसम्म

उनको कार्यकालको एउटा विशेष उपलब्धि-अव्यवस्थित प्रशासनलाई उद्देश्यपूर्ण र व्यवस्थित प्रणालीमा रूपान्तरण,योजना पासदेखि बजेट कार्यान्वयनसम्म पारदर्शी प्रक्रिया,कर्मचारी वर्गमा समयपालन र जवाफदेहिता बढाउने अभियान फरक सोच,सफा उद्देश्य र व्यवहारिक कार्यान्वयन यही त उनका पहिचान बने।
प्रशासनिक,सामाजिक,स्वास्थ्य,शिक्षा तथा पूर्वाधार क्षेत्रका थुप्रै कामले गाउँपालिकालाई सुशासन र सेवा–सुधारको नयाँ आयाममा लगेका छन्।विपद व्यवस्थापन र कच्ची घर बीमा कार्यक्रम,गाउँपालिकामा संचालित कच्ची घर बीमा कार्यक्रममार्फत ८ लाख रुपैयाँ खर्च गरिएको थियो।
यसअन्तर्गत ५ जनाका लागि १८ लाख रुपैयाँको बीमा दाबी पेश गरिएको छ,जसले जोखिम व्यवस्थापनमा महत्वपूर्ण प्रभाव पारेको छ।
हेलिप्याड निर्माण सम्पन्न गरेर विपद्‍–उद्दार,स्वास्थ्य आपतकालीन सेवा तथा आवागमनमा सहजता,प्रशासकीय भवन ९०% भौतिक प्रगतिको अवस्थामा पुगेको, बाँकी काम अन्तिम चरणमा,१५ शैयाको अस्पताल निर्माण अन्तिम चरणमा पुगेको, जसले गाउँपालिकामा गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गर्नेछ,गाउँपालिका Zero Home Delivery घोषणा भएको-सुरक्षित प्रसूति सेवामा उल्लेखनीय सुधार,मातृ–शिशु स्वास्थ्य सूचकाङ्कमा सकारात्मक परिवर्तन देखिएको,कक्षा १–८ का स्थानीय पाठ्यक्रम निर्माण पूरा—स्थानीय आवश्यकता र पहिचान प्रतिबिम्बित हुने शैक्षिक ढाँचा,विद्यालय मर्ज (गठन) सम्बन्धी निर्णय कार्यान्वयनमा-गुणस्तर सुधार र व्यवस्थापन सुदृढ गर्ने लक्ष्य,विद्यालयहरूमा आवश्यकताअनुसार भौतिक तथा शैक्षिक सुधारका कार्यक्रम लागू,बेरुजु फर्छ्यौटमा उल्लेखनीय सुधार, वित्तीय व्यवस्थापन पद्धति सुदृढ,योजनाहरूको अनुगमन र कार्यान्वयनमा पारदर्शिता बढाइएको,सीप विकास तथा सामाजिक सुधार,स्थानीय युवाहरू र महिलालाई लक्षित गर्दै सीप विकास कार्यक्रम सञ्चालन,वालविवाह न्यूनिकरणमा प्रभावकारी सुधार,चेतनामूलक कार्यक्रम र स्थानीय संयन्त्र सक्रिय जस्ता उल्लेखनीय सुधार र विकासका पहलहरू अघि बढाइएका थिए।
कार्यक्रममा बोल्ने हरेक वक्ता पौडेलप्रति कृतज्ञता व्यक्त गर्न उत्सुक थिए।
कसैले उनीलाई “गौमुखी प्रशासनलाई नयाँ दिशा दिने शिल्पी” भने,
कसैले “निर्णयमा स्पष्टता र कार्यान्वयनमा दृढता भएका अधिकारी” भने।
गाउँपालिकाका अध्यक्ष बिष्णु कुमार गिरीले मायाको चिनो,दोसल्ला र शुभकामना पत्र प्रदान गर्दा हलमा तालीको गडगडाहट गुन्जिएको थियो।उनीप्रति जनप्रतिनिधि,कर्मचारीदेखि स्थानीय समुदायले देखाएको आत्मीयता,सम्मान र भावनाले कार्यक्रम विशेष बन्न पुग्यो।कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष गिरीले पौडेलको नेतृत्वमा प्रशासनिक अनुशासन,योजनाको पारदर्शिता र कर्मचारी–जनताको सहकार्यमा देखिएका सुधारलाई उच्च मूल्याङ्कन गरे।उनका अनुसार पौडेलको कार्यकालमा गाउँपालिकामा देखिएका प्रशासनिक सुधार,पारदर्शिता र जनतामैत्री सेवाप्रवाहको प्रशंसा योग्य नै छ स्मरणीय रहनेछ।
बिदाई मन्तव्यका क्रममा पौडेलले गम्भीर स्वरमा तर आत्मीय भावनासहित भने-“गौमुखी मेरो कार्यस्थल मात्र होइन,मेरो अनुभव,मेरो प्रेरणा र मेरो मनमा बस्ने एउटा परिवार हो। यहाँका प्रत्येक व्यक्तिको साथ र भरोसाले नै मलाई सफल बनायो।”

भाबुक शैलिमा बिदाईको अन्तिम मन्तव्य व्यक्त गर्दै तुल्सिराम पौडेल 


उनको यो भनाइसँगै कार्यक्रम हल एकछिन शान्त भयो-सबैको मन छोएको त्यो क्षण बिदाईको वास्तविक गहिराइ बोकेको थियो।
उनले आफ्ना अन्तिम मन्तव्यमा यहाँका जनप्रतिनिधि,कर्मचारी र नागरिकप्रति कृतज्ञता व्यक्त गर्दै भविष्यमा पनि उनीहरूसँगको सम्झना र सम्बन्ध कायम रहने बताए।
बिदाई मन्तव्यका क्रममा पौडेलले गम्भीर स्वरमा तर आत्मीय भावनासहित भने-“गौमुखी मेरो कार्यस्थल मात्र होइन,मेरो अनुभव,मेरो प्रेरणा र मेरो मनमा बस्ने एउटा परिवार हो।यहाँका प्रत्येक व्यक्तिको साथ र भरोसाले नै मलाई सफल बनायो।”
उनको यो भनाइसँगै कार्यक्रम हल एकछिन शान्त भयो-सबैको मन छोएको त्यो क्षण बिदाईको वास्तविक गहिराइ बोकेको थियो।
स्थानीयवासीहरूले पनि उनले देखाएको नेतृत्व र जनसेवामा समर्पणको कदर गर्दै उनको योगदानलाई स्मरणीय रहेको बताएका छन्।
गाउँपालिकाका कर्मचारीहरूले भने,प्रमुख प्रशासकीय अधिकृत पौडेलको नेतृत्वमा पारदर्शिता र अनुशासनको संस्कृति स्थापित भएकोले आगामी दिनमा यो अभ्यास निरन्तर कायम रहिरहने विश्वास व्यक्त गरेका छन्।
२०८० श्रावण २८ गते देखी आगमन भैइ गौमुखिमा आफ्नो कार्यकाल सफलतापूर्वक पूरा गरेका पौडेल अब अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्दै अघि बढ्नेछन्।