सिता बि.क
प्युठान,सास्कृतिक,ऐतिहासिक र प्राकृतिक धरोहरले धनी गौमुखी गाउँपालिकाले यस वर्ष आफ्नो अनौठो पहलमा फोटो/भिडियो निर्माण प्रतियोगिता सुरु गरेको छ। गाउँपालिकाको मुख्य उद्देश्य पर्यटन प्रवर्द्धन गर्दै स्थानीय सम्पदाको महत्वलाई देश-विदेशमा चिनाउने हो।
प्रतियोगितामा भाग लिन इच्छुकले गाउँपालिकाका प्रमुख पर्यटकीय स्थलहरूमा गएर आफ्नै दृष्टिकोण र सिर्जनात्मक शैलीमा फोटो वा भिडियो निर्माण गर्नुपर्नेछ। भिडियोको अवधि २देखि ५ मिनेटको हुनुपर्नेछ भिडियो को एचडि गुणस्तर अनिवार्य छ। यसले सहभागीहरूलाई मात्र होइन,दर्शकहरूलाई पनि गाउँपालिकाको सुन्दरता अनुभव गराउनेछ।
निर्मित सामग्री सामाजिक सञ्जाल(Facebook, TikTok, Instagram,YouTube) मा पोस्ट गर्नुपर्नेछ। पोस्टको लिंक gaumukhirm2073@gmail.com मा पठाउनु पर्नेछ र #Gaumukhivisityear2082 ह्यासट्याग अनिवार्य छ।
गाउँपालिकाले उत्कृष्ट फोटो र भिडियोलाई पुरस्कार मार्फत सम्मान गर्ने जनाएको छ। फोटो तर्फ प्रथम पुरस्कार रु १० हजार, द्वितीय रु ७ हजार,तृतीय रु ५ हजार र सान्त्वना रु २ हजार ५ सय प्रदान गरिनेछ। भिडियो तर्फ प्रथम पुरस्कार रु ३० हजार, द्वितीय रु २० हजार, तृतीय रु १२ हजार र सान्त्वना रु ६ हजार रहेको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम प्रौडेलले प्रतियोगिताले स्थानिय पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्दै सबै व्यक्तिहरू,संस्था र समूहहरूलाई सक्रिय सहभागिताका लागि आग्रह गरेका छन्।
यो प्रतियोगिता केवल प्रतिस्पर्धा मात्र होइन, गाउँपालिकाको प्राकृतिक र सांस्कृतिक सम्पदासँग प्रत्यक्ष अनुभव गर्ने अवसर पनि हो। सहभागीहरूले निर्माण गर्ने फोटो र भिडियोले गौमुखीको सुन्दरता देश-विदेशसम्म पुर्याउनेछ भन्ने आशा गरिएको छ।
प्रतिक्रिया राख्नुहोस्