गाउँकै फूलले सिँगारिने तिहार : प्लाष्टिक माला बन्द,सरुमारानीको नयाँ पहल

गाउँकै फूलले सिँगारिने तिहार : प्लाष्टिक माला बन्द,सरुमारानीको नयाँ पहल

राम बहादुर बिश्वकर्मा
प्यूठान,सरुमारानी गाउँपालिकाले यस वर्षको शुभ दिपावली (तिहार) पर्वलाई पर्यावरणमैत्री र स्थानीय उत्पादनमै आधारित बनाउन विशेष कदम चालेको छ।गाउँकार्यपालिकाको निर्णय अनुसार अब गाउँपालिका क्षेत्रभित्र प्लाष्टिकजन्य फूलमाला आयात,बिक्री,वितरण र भण्डारण पूर्णरूपमा निषेध गरिएको छ।
गाउँपालिकाले यो निर्णय पुष्प खेती प्रवर्द्धन र वातावरण संरक्षणका लागि गरेको जनाएको छ। प्लाष्टिक मालाले वातावरणीय प्रदूषण बढाउनुका साथै मानव स्वास्थ्यमा पनि हानिकारक प्रभाव पार्ने भएकाले स्थानीय स्तरमा उत्पादन भएका सयपत्री, मखमली लगायतका प्राकृतिक फूल र तिनबाट बनेका मालाहरू मात्र प्रयोग गर्न सबैलाई अनुरोध गरिएको छ।

गाउँबासीका लागि सरुमारानी गाउँपालिका बाट जारी गरिएको सुचना 


गाउँपालिकाभित्रका किसानहरूले अहिले सयपत्री र मखमली फूल उत्पादनलाई व्यवसायिक रूपमा अगाडि बढाइरहेका छन्।स्थानीय किसानहरूबाट सजिलै प्राकृतिक फूलमाला उपलब्ध गराउनका लागि गाउँपालिकाले सम्पर्क व्यक्ति र स्थान समेत सार्वजनिक गरेको छ।
जस अनुसार सरस्वती मा.वि बाङ्गेशाल भक्त बहादुर मर्साङ्गी ९८४७९५६१०२,सरस्वती मा.वि बाङ्गेशाल मेलिना के.सी ९८४७५७६१५७, सरस्वती मा.वि बाङ्गेशाल प्राविधिक इन्वार्ज ९८४९९१९७९८, प्रविधिक सहयोग सरस्वती मा.वि बाङ्गेशाल प्राबिधिक सहायक ९८२९७२५४२३ रहेका छन्।
“गाउँपालिकाले लिएको प्लाष्टिकजन्य फूलमाला प्रयोग नगर्ने निर्णय केवल प्रशासनिक कदम मात्र होइन, यो वातावरण संरक्षण र स्थानीय उत्पादन प्रवर्द्धनतर्फको ठोस पहल हो,”प्रमुख प्रशासकीय अधिकृत त्रिविक्रम खड्काले भन्नुभयो।
उहाँका अनुसार गाउँपालिकाको निर्णयले स्थानीय स्तरमा फूल खेती गर्ने किसान,महिला समूह र साना उद्यमीहरूलाई आत्मनिर्भर बन्न प्रेरणा प्रदान गर्नेछ। “हामीले वातावरणमैत्री,परम्परागत र स्थानीय सीपमा आधारित फूलमालाको प्रयोगलाई प्राथमिकता दिएका छौं। यसले हाम्रो सांस्कृतिक सौन्दर्यलाई पनि जोगाउँछ,”उहाँले थप गर्नुभयो।
उहाँले सबै नागरिक, संघसंस्था र विद्यालयहरूलाई पनि गाउँपालिकाको निर्णयको कार्यान्वयनमा सहकार्य गर्न आग्रह गर्नुभयो। “हामी सबैको सानो प्रयासले ठूलो परिवर्तन सम्भव छ- स्थानीय उत्पादनको सम्मान र प्लाष्टिक प्रदूषणमुक्त समाज निर्माण हाम्रो सामूहिक लक्ष्य हो,”प्रमुख प्रशासकीय अधिकृतको भनाइमा उल्लेख गरिएको छ।
“हाम्रो संस्कृति, वातावरण र स्वाभिमान एकअर्कासँग जोडिएका छन्।यो निर्णय प्रत्येक बर्षको निरन्तरता नै रहेको गाउँपालिका अध्यक्ष झग बहादुर बिश्वकर्माले भन्नुभयो।
उहाँका अनुसार,“यस बर्ष सरस्वती माध्यामिक बिध्यालयमा बाली बिज्ञान तर्फ अध्ययनरत बिध्यार्थिले पढ्दै कमाउदै भन्ने कार्यक्रम अन्तर्गत उत्पादित फुललाई प्रबर्द्धन  गरिनेछ।
अध्यक्ष बिश्वकर्माले थप गर्नुभयो,प्राकृतिक फूलमालाको प्रयोगले केवल सौन्दर्य बढाउँदैन,यो आत्मगौरव र स्वदेशी पहिचानको प्रतीक हो। गाउँमा उब्जिएको फूलले आफ्नै उत्सव सजाउँदा त्यो आत्मनिर्भरताको वास्तविक उदाहरण हो।”
“यस अभियानले प्रदूषण घटाउने मात्र होइन, गाउँमा फूलखेती, माला गुथ्ने सीप र साना उद्यमको विकासमार्फत रोजगारीका नयाँ अवसरहरू सिर्जना गर्नेछ। हाम्रा युवा र महिलाहरूको सीप अब गाउँकै गर्व बन्नेछ।”
अन्त्यमा “हामीले वातावरणीय सन्तुलन, स्थानीय उत्पादनको प्रवर्द्धन र स्वदेशी सीपको संरक्षणलाई ध्यानमा राखी प्लाष्टिक जन्य फूलमाला प्रयोग नगर्ने निर्णय गरेका हौं।यसले स्थानीय किसान र उद्यमीहरूलाई प्रत्यक्ष फाइदा पुग्नेछ।गाउँपालिका भित्र उत्पादन भएका प्राकृतिक फूलमालाको प्रयोगले हाम्रो संस्कृति झल्किन्छ र वातावरणीय दृष्टिले पनि दिगो विकल्प हो। सबैलाई म यस अभियानमा सहकार्य गर्न अनुरोध गर्दछु।”पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत बाली विज्ञान विषयमा अध्ययनरत कक्षा ९ देखि १२ का विद्यार्थीहरूले ५ रोपनी क्षेत्रफलमा फूल खेती तयार पारेका सरस्वती माध्यमिक विद्यालयका प्र.अ. भक्त बहादुर मासङ्गीले जानकारी दिनुभयो।,“यस पहलले विद्यार्थीहरूलाई कृषि अभ्यासमा दक्षता बढाउने मात्र होइन, वातावरणमैत्री खेती र उत्पादनको महत्व बुझ्न पनि सहयोग पुग्नेछ। विद्यार्थीहरूले आफ्नै श्रम र ज्ञान प्रयोग गरेर फूलखेती तयार पारेका छन्।”उहाँले थप गर्नुभयो, “यस कार्यक्रमले विद्यार्थीहरूमा व्यावहारिक कृषि सीप, उद्यमशीलता र आत्मनिर्भरता विकास गर्ने अवसर प्रदान गरेको छ।उनीहरू आफ्नो मेहनतबाट सिक्ने र आत्मविश्वासी बन्ने अवसर पाएका छन्।”

पढ्दै कामाउदै कार्यक्रम अन्तर्गत सरस्वती माध्यामिक बिध्यालय बाङेशाल बाली बिज्ञान तर्फका बिध्यार्थिहरुले तयार गरेको फुल खेती