राम बहादुर बिश्वकर्मा
म शब्दमा होइन,कर्ममा विश्वास राख्ने व्यक्ति हुँ। सञ्चारकर्मीको रूपमा मेरो कलम सधैं सत्य र न्यायको पक्षमा चलेको छ। तर जब म स्वयं नियोजित रूपमा बदनाम गरिने, हेपिने, र चरित्र हत्या गरिने खेलको शिकार बनेँ -म मौन बस्न सकिनँ। मौन बस्नु अब पाप ठानें।
भाद्र २४ – एक योजनाबद्ध षड्यन्त्रको कथा
उक्त समय म रिपोर्टिङमै थिए जव घरबाट ४ वर्षिय छोरा अचानक बिरामी भएको खबर आयो।म अत्यन्तै आतिएको थिएँ किनकी छिटो कोठामा पुगेर अस्पताल पुर्याउने धाउन्ने अकातर्फ थियो,अर्को तर्फ फोनमा आवाज सुन्दा आमा उत्तिकै आत्तिरेकी थिइन्,मन वेचैन थियो।म हतारिदै बाग्दुलाबाट बिजुवार फर्कंदै थिएँ।जब प्युठान नगरपालिका वडा नम्बर –४ र ७ को सीमाना स्थित,स्वर्गद्वारी बहुमुखी क्याम्पस पुण्यखोला र गाजुरीको बीचको सडकमा"जेन्जी आन्दोलन"को नाममा नारा–जुलुस भैरहेको थियो।जहाँ केही राजनीतिक आचरण बुझ्ने चिनजान भएका व्यक्तिहरू समेत उपस्थित थिए।
तर त्यहाँ आन्दोलनभन्दा बढी पूर्वनियोजित षड्यन्त्र चलिरहेको रहेछ- जसको केन्द्रमा म आफैं परें।
मलाई चिन्ने,राजनीतिक चेत भएका केही व्यक्तिहरूले नै सडक अवरुद्ध गरेर मलाई लक्षित गर्दै भिडियो खिचे, अनि सोही भिडियो स्वतन्त्र युवा मञ्च प्युठान नामक पेजमा अपलोड भयो-ती भिडियोहरूसँगै तुच्छ,गलत र कपोकल्पित क्याप्सनहरू जोडिए।
यो केवल भिडियोकै कुरा थिएन।
यो नियतको कुरा थियो।
यो चरित्र हत्या थियो।
यो सामाजिक अपराध थियो।
मलाई लाग्छ,यो केवल ‘भ्रममा परेको क्षण’ होइन-यो 'नीच नियतको योजना' हो।
स्वतन्त्र युवा मन्च फेसबुक पेजलाई औजार बनाएर कसैको प्रतिष्ठा ध्वस्त पार्ने दुस्साहस र मेरो चरित्रमाथि सुनियोजित रूपमा गरिएको आक्रमण,सार्वजनिक रूपमा गरिने लाञ्छना तथा झुटा आरोपहरूमार्फत गरिने चरित्र हत्या जस्ता निकृष्ट मानसिकताको गतिविधि प्रति घोर भर्त्सना गर्दछु।
त्यतिबेला मलाई लाग्यो सत्य,न्याय र मानवताको पक्षमा बोल्नु मेरो दायित्व भएपनी चरित्र हत्या र अमानवीय व्यवहारका विरुद्ध मौन बस्नु पनि एक किसिमको सहमति हो।त्यसैले,म यस्तो क्रियाकलापप्रति मौन बसेकै हो तर केही सिमित ब्यक्तिहरुले अहिलेसम्म पनि सामाजिक संजालमा आएर अनरगल तरिकाले मलाई नै केन्द्रीकृत गरि तिखा,अबान्छित तथा तुच्छ शब्द प्रहार गरि संजाल दुषित गराएकोले यसरी गरिएको चरित्र हत्या र दुर्व्यवहार कुनै सामान्य गल्ती रहेनछ यो एक सामाजिक अपराध पो रहेछ।यस्तो अन्यायमा चुपचाप सहनु भनेको अर्को पीडाको बाटो खोल्नु पो रहेछ। भन्ने मेरो बुझाई आयो।
त्यसैले म यस्ता नीच प्रयासहरूलाई अस्वीकार गर्दछु।
म अमानवीय व्यवहार र चरित्र हत्याको घोर निन्दा गर्दछु।
र म सत्य र न्यायको खोजीमा दृढतापूर्वक उभिन्छु। किनभने…
जब एक व्यक्तिको चरित्र हत्या हुन्छ र दुर्व्यवहार हुन्छ, त्यो सिंगो समाजको नैतिकतामाथि प्रश्न उठ्छ। जब अमानवीय व्यवहारलाई सामान्य मानिन्छ,त्यो समाज गम्भीर रोगले ग्रस्त छ।
म मौन रहे भने यस्ता कुकृत्य झन् बढ्छन्।
म बोलेन भने सत्य गुम्छ।
यस्ता कार्यहरू केवल व्यक्तिगत अधिकार र सम्मानको गम्भीर उल्लङ्घन हुन्,र सम्पूर्ण समाजलाई विषाक्त बनाउने खतरा पनि हुन्।
वर्तमान समयमा,सामाजिक सञ्जाल र सञ्चार माध्यमको दुरुपयोग गरी मानिसहरूको छवि बिगार्ने, झुटा कुरा फैलाउने र व्यक्तिगत जीवनमा अनधिकृत हस्तक्षेप गर्ने प्रवृत्ति बढ्दो छ। यस्तो प्रवृत्तिले सत्य,न्याय र मानवताको गहिरो उपहास गरिरहेको छ।
कसैको विचार,उपस्थिति वा पृष्ठभूमिका आधारमा गरिएको दुर्व्यवहार,मानसिक हिंसा वा अपमानजनक टिप्पणीहरू मानवता विपरीतका कार्यहरू हुन्। यस्ता व्यवहारहरूले पीडितको आत्मसम्मान,मनोबल र जीवनप्रतिको विश्वासलाई चिर्ने काम गर्छन्। मानव अधिकार,सहिष्णुता र करुणाको पक्षपोषण गर्ने समाजमा यस्ता कार्यहरूको कुनै स्थान छैन।
व्यक्तिको सामाजिक छवि उसको अस्तित्व,पहिचान र योगदानसँग गाँसिएको हुन्छ। कसैको प्रतिष्ठामाथि नियोजित हमला गर्नु भनेको उसको व्यक्तित्वमाथि आक्रमण गर्नु हो।यस्ता आक्रमणहरू केवल व्यक्तिगत रूपमा होइन,सामाजिक रूपमा पनि विसाक्तकारी र घातक हुन्छन्।
व्यक्तिको चरित्रमाथि नियोजित ढंगले लाञ्छना लगाउनु,झुटा आरोपहरूमार्फत मानसिक यातना दिनु र उनीहरूको सामाजिक हैसियतलाई लत्याउनु कुनै पनि सभ्य समाजका लागि लाजमर्दो कुरा हो।
अमानवीय व्यवहार र सामाजिक चरित्र हत्या जस्ता गतिविधिहरूले व्यक्तिमा गहिरो मानसिक असर पार्ने मात्र होइन,पुरै समुदायमा डर,असुरक्षा र असहिष्णुताको वातावरण सिर्जना गर्छ। हामी सबैले सत्य,न्याय र मानवीय संवेदनालाई आत्मसात गर्दै यस्ता गलत प्रवृत्तिहरूको खुला विरोध गर्नु आवश्यक छ।
म र मेरो घर परिबार र आफन्तजनलाई फोन सामाजिक सन्जाल मार्फत निरन्तर विभिन्न किसिमका धम्किहरु आइरहेकाले सम्बन्धित सरोकारवाला निकायहरू,नागरिक समाज,संचार माध्यम तथा कानुनी निकायहरूलाई यस्ता असामाजिक क्रियाकलापहरूको यथाशीघ्र छानबिन गर्न,सत्य सार्वजनिक गर्न र दोषीमाथि कडा कारबाही गर्न आह्वान समेत गर्दछु।
प्रतिक्रिया राख्नुहोस्