के हो बहुनवाद ?
अनन्त यात्री
नेपालमा दुईदशकदेखि बहमणबाद मुर्दाबादको नारा लागिरहेको छ । १३ प्रतिशत जनसंख्या रहेको दलित समुदाय र ३८ प्रतिशत जनसंख्या रहेको आदिवासी जनजाती मुक्ति आनदोलनको सिलसिलामा यो नारा लागेको हो । नारा प्रतिको बुझाइको कमीले गर्दा बाहुनलाई किन मुर्दाबाद भनेको भन्ने प्रश्न पनि उठिरहेको छ । वास्तवमा के हो बह्मणवाद र कि मुर्दावाद भनियो ? गहन छलफल र वहस गर्न जरुरी छ । यस आलेखमा यसबारेमा केही प्रष्ट पार्ने कोसिस गरिएको छ ।
हिन्दु धर्म कुनै एक जन्मदाताबाट नभइ विभिन्न प्राचीन ऋषिमूनीहरुको योगदानबाट स्थापित भएको हो । आर्य सभ्यताको प्राचीन केन्द्र सिन्दुघाँटी हो जसलाई पहिले इन्दु उपत्यका पनि भनिन्थ्यो भने आधुनिक केन्द्र भारतको कल्पीबाट शुरुभएको हो । आर्य शब्द संकृत र इरानी दुवै भाषामा प्रचलित छ जसको अर्थ आफै भन्ने हुन्छ । इ.सा.पूर्व ५५०० तिर आर्यसमाज सिन्धु उपत्यका प्रवेश गरेको र इ.सा.पूर्व २६०० सम्म त्यहाँ नै प्राचिन सभ्यताको विकास गरेको पाइन्छ । इ.सा.पूर्व २००० देखि यीनीहरु विस्तारै गंगा तटीय क्षेत्रतिर प्रवेश गरे । कृषि र पशुपालनमा सफलता प्राप्त गरे पछि यीनीहरु बह्माण्डको अस्थित्वबारेमा जीज्ञासु हुदै गए र रहस्यको खोजी गर्ने थाले । प्राण र बह्माण्डको अस्थित्वको रहस्या पत्ता लगाउन व्यक्तिहरु वीचमा कठोर प्रतिस्पर्दा हुदै गयो । यही सिलसिलामा कठोर तपस्या गर्ने र नयाँ ज्ञान आविस्कार गर्ने काम हुदै गयो । यही ज्ञानको भोकले गर्दा इ.सा.पूर्व २००० देखि ७०० सम्मा आउदा वेदउपनिषदको रचना हुन सक्यो । त्यसबेला सम्म वैदिक समाजकमा जातभात थिएन । जसले तपस्या गर्यो त्यो ऋषि हुन्थ्यो । ऋषि भनेको भगवानसंग साक्षतकार गरेका, भगवानको भाषा बुझ्ने र नजीक हुनसक्ने भन्ने थियो । यो बीचमा ऋगवेद, समवेद, अयुरवेद र अथर्ववेदको रचना भैसकेको थियो । त्यसैगरि इसापूर्व ४०० तिर भागवत गीता र महाभारतको रचना भयो । यी ग्रहन्थ भनेको त्यो वेलाको समाजको संविधान, कानून सबै हुन । लामो कालखण्डमा यी ग्रन्थहरुको केही सम्पादन र पुनरलेखन गर्ने कार्य भइरहन्थ्यो । यही सन्दर्भमा इसापूर्व ७०० तिर ऋगवेदको दशौ मण्डल आयो जसले समाजलाई जातीय विभाजनमा पुर्ययो । ऋगवेदको दशौ मण्डालमा बह्म वा इश्वरका चार अंगको रुपमा बह्मण, क्षेत्री, बैश्य र शुद्र गरि समाजलाई विभाजन गर्यो । बाठा ऋषिमूनीहरु यज्ञ, शिक्षा र ज्ञानसंबन्धी काम गर्ने बह्मण भए, शिकार, सैन्य र सुरुक्षा संबन्धी काम गर्ने क्षेत्री, खेतिपातिको काम गर्ने बैश्य र प्रविधि र सेवाको काम गर्नेलाई शुद्रको रुपमा विभाजन गरे ।
शूरुवाती कालमा जातीविभाजनलाई त्यति काठोर पारिएको थिएन जब इसापूर्व २०० तिर मनुस्मृतिको रचना भयो, त्यो संगै अत्रिसहिता, गौतम सुत्र आदि रचाना हुदै गए र जातभातलाई कठोर बनाउदै लगियो । “बह्मणले गर्ने जप होम आदि गर्नखोजने शुद्रलाई राजाले मृत्यूडण्ड दिनु । किन भने जप होम गर्ने शुद्रले पानीले आगो निभए झै सम्पूर्ण राष्ट्रलाई नष्ट गर्छ (अत्रिसहिता)” । “शुद्रले वेदको उच्चारण सुनेमा सिसा र लाह पगालेर कानमा हालिदिनु र वेद उच्चारहण गरेमा जिब्रो काटीदिनु (गौतम सुत्र)” । “शुद्रलाई जुठो अन्न, पुराना कपडा, ओछ्याउनलाई पराल र ओड्नलाई थाङना भुत्ला दिनु (मनुस्मृति)” । यसरी विकास भएको वैदिक दर्शन र आर्य समाजको वैधानिक नेतृत्व ऋषि बाहुनहरुले गरेको हुनाले समग्रमा यसलाई बहुनबाद भनिएको हो । त्यो वेलाको समाजमा वैदिक दर्शन विकास निकै ठूलो कुरा पनि थियो ।
सकारात्मक रुपमा हेर्दा वैदिक दर्शन विकासमा बहुनले गरेको यागदानको कदर पनि हो भने नकारात्मक रुपमा लिदा जातीय विभाजन, शुद्र र आदिवासी कविलाहरु प्रति गरिएको दमनको विरोध हो । कसैलाई गाली गरिएको होइन । नेपालमा बाहुनवादको विस्तार वैदिक कालदेखि नै भएको पाइन्छ । वेदव्यासको जन्म नै भारतको उत्तरप्रदेश राज्यको कल्पीमा भएको र वेदान्त दर्शनको सृजना पनि त्यहीबाट भएकोले नेपालको पुर्वी तराई र पश्चिम क्षेत्रबाट जाती व्यवस्थाको शूरुवात भयो ।
लिच्छवीकालमा (इ.स.२०० दखि ८७९) चार वर्ण र १८ जातमा विभाजन गरि छुवाछुतको शुरुवात गरियो । इ.सं १०९७ देखि १३२५ सम्ममा पूर्वी तराईको कर्णाटवंशी राज्यमा छुवाछुत उत्कर्षमा पुग्यो । १३६५ तिर उपत्यकाका राजा जयस्थिति मल्लले मैथेली बहुन शिवदत्तलाई लिएर उनकै सल्लाहमा चार वर्ण ३६ जातमा विभाजन गरियो भने गोर्खामा १६०५ मा राम शाहले पनि यो व्यवस्था कायम गरे । वि.स. १९१० मा नेपालको पहिलो मुलुकी ऐन जारी भयो जसले तागाधारी(जनै लगाउने बह्मण,क्षेत्री), मतवाली(जनजाती), पानी नचल्ने तर छिटो हाल्न नपर्ने(कुमाल, माझी आदि) र पानी नचल्ने र छिटो हाल्नुपर्ने(दलित) भनेर कानूनी रुपमा विभाजन गर्यो ।
पानी नचल्ने भएपछि दलितहरु व्यापार, शिक्षा, रोजगारी देखि खेतिपातिबाट समेत बञ्चित गरियो । जसको परिणाम आज दलितहरु समाजको सबै भन्दा तल्लो पीधमा रहेको छ । यसरी चार हजार वर्ष भन्दा बढी समाजको नेतृत्व गरेको सर्वकालिक सिद्धान्त बह्मणबाद हो । जातीयताको सिद्धान्तमा आधारित बहुन अधिपत्य समाज र राज्य आज पनि कायम छ यो विघठन हुनुपर्छ । सबै समुदायको अपनत्व सहितको राज्यनिर्माण गर्नुपर्छ र यसका लागि हिजको वैदिक दर्शन बहुनबाद बाधक भएको छ । यो यति बलियो छ कि दलित र जानजाती भित्र पनि घुसेको छ । जनजातीले छुवाछुत गर्नु र दलित भित्र पनि छुवाछुत हुनु पनि बहुनवाद हो । त्यसकारण बहुनबाद मुर्दावाद भनिएको हो । यो गाली गरेको हो भने छुवाछुतको व्यवहार गर्ने दलितलाई पनि हो । यदि वेदान्त दर्शन र हिन्दुसमाजलाई जोगाउने हो भने समयमै यसको कलंकको रुपमा रहेको जाती व्यवस्था र छुवाछुतको उन्मुलन गरि समतामूलक राज्य, अर्थव्यवस्था र समाज निर्माण गरौ स्वत यो नारा बन्द हुन्छ ।
प्रतिक्रिया राख्नुहोस्