प्युठान जिल्लाकै अग्लो र लामो झोलुङ्गे पुल उद्घाटन  : डेढ घण्टाको यात्रा ३० मिनेटमा

प्युठान जिल्लाकै अग्लो र लामो झोलुङ्गे पुल उद्घाटन  : डेढ घण्टाको यात्रा ३० मिनेटमा

सिता बि.क 
प्यूठान,प्यूठानको गौमुखी गाउँपालिका स्थित अर्खा र रजवारा जोड्ने जिल्लाकै अग्लो र लामो झोलुंगे पुलको उद्घाटन प्यूठानका प्रतिनिधीसभा सदस्य सूर्य थापाले गर्नुभएको छ।
विहिवार एक कार्यक्रमको आयोजना गरी थापाले पुलको उद्घाटन गर्नुभएको हो।सो अवसरमा थापाले पुल निर्माण पश्चात् सर्वसाधारण नागरिकहरूलाई आवतजावतमा सहज हुने भएकोले संरक्षणमा ध्यान दिनुपर्ने बताउनुभयो।
पुल उद्घाटन भए सङ्गै अर्खा र रजवारा जोड्ने उक्त झोलुङ्गे पुल सेल्फी पोइन्टको रुपमा विकास भएको छ।यहाँ यतिबेला आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ। गाउँपालिकाको वडा नम्वर ४ स्थित अर्खा लामीडाँडा र गौमुखी वडा नम्वर १ स्थित रजवाराको देउरालीलाई जोड्ने गरी निर्माण गरिएको पुलको लम्बाई ३ सय ७३ दशमलव ८० मिटर र उचाई १ सय ८० मिटर छ ।पुल बनेपछि अर्खा र रजबारा बासिलाई आवतजावतमा धेरै सहज भएको छ त्यहाँका नागरिकहरु आवतजावत गर्नका लागि यस अघि झण्डै डेढ घण्टा लाग्ने पैदल यात्रा अब पुल निर्माण भएसँगै आधा घण्टामै छोट्टिएको छ।
पुलले विशेषगरी विद्यार्थी,बिरामी तथा कृषक वर्गलाई घण्टौ लगाएर हिड्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।२०८१ सालको जेठ महिनामा दुई करोड ७२ लाख ७४ हजार रुपैयाँ लागतमा ठेक्का सम्झौता भएको यो पुलको निर्माण कार्य अधिकारी-अपर तामाकोशी जेभीले सम्पन्न गरेको हो।