भुकम्प पीडित राहत कोषमा रु ५ लाख सहयोग उपलब्ध गराउने प्युठान नगरपालिकाको निर्णय 

भुकम्प पीडित राहत कोषमा रु ५ लाख सहयोग उपलब्ध गराउने प्युठान नगरपालिकाको निर्णय 

सीता बि.क
प्युठान,२०८० कार्तिक १७ गते राती ११ः४७ मा जाजरकोट जिल्ला रामीडाडा केन्द्रबिन्दु भई ६.४ म्याग्निच्युटको भुकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ठूलो मानवीय र भौतिक क्षति लाई राहत होस् भन्ने अभिप्रायले प्युठान नगरपालिकाले भुकम्प पीडितलाई राहत दिने भएको छ।
विपद्का बेला एक अर्कोको सहयोग महत्त्वपूर्ण हुने हुनाले भूकम्प पिडित जाजरकोट र रुकुम पश्चिमको लागि राहत सहयोग स्वरुप कार्यपालिका बैठक बसि राहत कोषमा रु ५ लाख सहयोग उपलब्ध गराउने निर्णय भएको नगर प्रबक्ता सुमन श्रेष्ठले जानकारी दिनुभयो। 
त्यस्तै उनका अनुसार प्युठान नगरपालिकाका कार्यपालिका सदस्यहरुले १५ दिनको सेवा दिने समेत निर्णय भएको छ।
यसैबीच नगरपालिकाले भुकम्पमा परी मृत्यु हुनेहरु प्रति हार्दिक श्रद्दान्जली अर्पण गर्दै घाइतेहरुमा शिघ्र स्वास्थ्य लाभको कामनाका साथै यो पिडाको अवस्थामा धैर्यता नगुमाई पुनः पूर्ववत अवस्थामा फर्कन शक्ति प्राप्त होस् भन्ने पनि कामना समेत गरेको छ ।
त्यस्तै प्युठान नगरपालिकाले साउदी अरेबियामा रोजगारी सिलसिलामा गएका प्युठान नगरपालिका वडा नम्बर- ३ बिजयनगरका सन्तोष कुमालको दु:खद निधन प्रति श्रद्धाञ्जली व्यक्त गर्दै अति गरिब सन्तोष कुमालको परिवारलाइ रु. ४० हजार सहयोग गर्ने,प्युठान नगरपालिकाको शिक्षा शाखामा नेपाल बिद्यार्थी संघद्वारा लगाइएको तालाका सन्दर्भमा उपप्रमुख देबेन्द्र बर्माको संयोजत्वमा" बार्ता,सम्वाद र प्रतिबेदन लेखन "समिति बनाएर हल गर्ने निर्णय भएको छ। 
जसमा सदस्यहरु सुमनराज श्रेष्ठ,नन्दराम पुन,रेशम कार्की र सदस्य सचिब प्रशासन शाखा प्रमुख रहेका छन् ।