राम बहादुर बिश्वकर्मा
प्युठान,बाल बिध्या माध्यमिक विद्यालयमा इरिसा बिष्टको अध्यक्षतामा बाल क्लब गठन गरिएको छ।
विद्यालयमा शुक्रबार आयोजित एक कार्यक्रमका बिच गठित बाल क्लबको उपाध्यक्ष पृथ्वी सुनार,सचिब निशाना पुन मगर,कोषाध्यक्ष अशोक सुनार,सह- सचिब रामचन्द्र,बि सि चयन भएका छन्।
क्लबका सदस्यहरुमा बिपिस भट्टराई,दिवस सुनार,रचना सुनार ,समीर गिरी रहेका छन्।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक केशु गिरीले नव निर्वाचित समितिका पदाधिकारीलाई बधाई दिदै सक्रिय भएर बाल क्लब सञ्चालन गर्नुपर्ने बताउनुभयो।
बालबालिका लक्षित विकास कार्यका हरेक चरणहरूमा बालबालिकाको अर्थपूर्ण सहभागिता सूनिश्चित गर्दै बालअधिकारको सम्मान,पालना तथा परिपूर्तिको प्रत्याभूतिका लागि परिवार,समुदाय अनि राज्य बालबालिकाप्रति संवेदनशील हुनुपर्ने बताउनुयो।
मानवीय र सामाजिक सेवाका लागि निस्वार्थ रुपले सबैभन्दा अग्रपंक्तिमा उभिने भावना विकास गरेमा समाज समृद्ध हुने प्र.अ गिरी को धारणा थियो।
यसैबिच प्र.अ केशु गिरीको संयोजकत्वमा २४ सदस्यीय बिध्यालय स्तरीय स्काउट इकाई गठन गरिएको छ।
कार्यक्रममा शिक्षक सम्सेर के.सि ले स्काट बिध्यालय इकाई गठन र शिक्षिका मन्जु जि.सि ले बाल कल्वको गठनको औचित्य विषयकमा प्रकाश पार्नुभएको थियो।

प्रतिक्रिया राख्नुहोस्