एमाले भातृ संगठन मुक्ति समाजको अध्यक्षमा दोहोरिए मनोहर

काठमाडौं, नेपाल उत्पीडित जातीय मुत्तिः समाजको अध्यक्षमा पुनः मनोहन बिश्वकर्मा पौडेल निर्वाचित हुनुभएको छ । काठमाडौंमा बिहीवार सम्पन्न सातौं राष्ट्रिय सम्मेलनबाट मनोहन पुनः अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको हो ।मुक्ति समाजको सातौं राष्ट्रिय सम्मेलन यही जेठ ५ गतेदेखि ७ गतेसम्म तय गरिएकोमा बिहीवार बिहान मनोहरको नेतृत्वमा १५१ सदस्यीय सर्वसम्मत नेतृत्व चयन गर्दै सम्पन्न भएको नेकपा एमाले जनसंगठन समन्वय संयन्त्रका संयोजक तथा अध्यक्षमण्डलका अध्यक्ष भानुभक्त ढकालले जानकारी दिनुभयो ।सम्मेलनले उपाध्यक्षमा निर्मल देउला र मैना अछामीलाई चयन गरेको छ । यस्तै महासचिवमा अनुभूति बम नेपाली, उपमहासचिवमा सोम पोर्तेल र चार सचिवहरूमा टेक घतानी, कमला बराल किश्वकर्मा, तेजकुमार बिके र मानदेव हजरा सर्वसम्मत चयन हुनुभएको छ।यस्तै निर्वाचन आयोगको अध्यक्षमा सुन्दर बिश्वकर्मा चयन हुनुभएको छ । 
सम्मेलनको उदघाटन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उदघाटन गर्नुभएको थियो ।