रुपन्देही ३ का सांसद् बोहराको निधन

प्युठान,रुपन्देही क्षेत्र नम्वर ३ का संघीय सांसद दीपक बोहराको निधन भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता एवं पूर्वमन्त्री बोहराको मंगलवार उपचारको क्रममा काठमाडौंको ओम अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । 
बोहरा पोस्ट कोभिडको समस्याबाट लामो समयदेखि अस्वस्थ थिए । बोहराले नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई पराजित गरेका थिए ।