राजावादीलाई बोल्ने अधिकार छ तर राजतन्त्र फर्किदैन : मन्त्री ढकाल

राजावादीलाई बोल्ने अधिकार छ तर राजतन्त्र फर्किदैन : मन्त्री ढकाल

सीता बि.क
प्यूठान,नेकपा एमाले प्युठानले सदरमुकाम खलंगामा जागरण सभा गरेको छ । जिल्ला समन्वय समिति अगाडि रहेको लोकतान्त्रिक मन्चमा एमालेले सभा गरेको हो।कार्यक्रममा प्रमुख अतिथि एमालेका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका भाैतिक पुर्वधार बिकास मन्त्री
भुमिश्वर ढकालले पुर्व राजा ज्ञानेन्द्र शाहलाई राजनीतिमा आउन चुनौती दिनुभयो।पुर्व राजा चुनाव लड्न आएपनि एमालेले परास्त गर्ने बताउनुभयो ।राजावादीलाई बोल्ने अधिकार छ तर राजतन्त्र फर्किदैन। उहाँले भन्नुभयो "- जनताको रगत बाट संविधान बनेको छ जनताले बनाएको संविधान कदापि पनि कुल्चन दिनेछैन्न अब पनि राजसस्था फर्काउछु भन्नू देवा सपना मात्र हो।
कार्यक्रममा एमाले नेता तुल्सीराम शर्मा,धन बहादुर रायमाझी,झग बहादुर विश्वकर्मा,शान्ता आचार्य जिल्ला पार्टी अध्यक्ष बिजयबिराज बिष्ट लगायतले बोल्नुभएको थियो ।

देश अहिले धेरै अप्ठ्यारोमा रहेको भन्दै राजतन्त्रवादीहरु सत्ताबाट बाहिरिएपछि फर्किन बारम्बार दिवास्वप्न देखिरहेको बताउनुभयो। यसको पछाडी विदेशी शक्तिहरुको समेत भूमिका रहेकोले 
प्रतिगमन विरुद्ध जतिबेला पनि एमाले सडकमा आउन सक्ने उहाँहरुको भनाई छ । कार्यक्रमको संचालन एमाले प्यूठानका सचिब इन्द्रमणी पोख्रेलले गर्नुभएको थियो ।