मगर दिवसका अवसरमा सरुमारानी गाउँपालिकामा सार्वजनिक बिदा

सीता बि.क
प्युठान,सरुमारानी गाउँपालिकाले मगर दिवसका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।फागुन १५ गते ४३ औं मगर दिवसको दिन गाउँपालिका अन्तर्गतका कार्यालय,वडा कार्यालय,सार्वजनिक निकाय,सङ्घसंस्था,शिक्षण संस्था बन्द रहने  जनाइएको छ।

मगर समुदायको सम्मानका लागि बिदा दिने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष झग बहादुर बिश्वकर्माले बताउनुभयो। गाउँपालिकामा सबैभन्दा बढी मगर समुदायको बसोबास रहेको छ।जिल्लाका स्थानीय तहले विभिन्न पर्व र अवसरमा सार्वजनिक बिदा दिँदै आएका छन् ।