सीता बि.क
प्युठान,सरुमारानी गाउपालिकाको दोस्रो गाउँसभाको १६ औं अधिबेशन सम्पन्न भएको छ । बहुउद्देश्यीय सभाहल बड्डाँडामा आज गाउँपालिका अध्यक्ष झग बहादुर बिश्वकर्माको अध्यक्षतामा संञ्चालन भएको दोस्रो गाउँसभामा चालु आर्थिक वर्षमा संञ्चालन भएका योजना तथा कार्यक्रम,आर्थिक प्रतिवेदन तथा लेखा प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो।गाउँ सभाले भाषा,सस्कृति तथा कलाकाे संरक्षण र विकास सम्वन्धमा व्यवस्था गर्न बनेकाे विधेयक २०८१ पारित गरिएको छ भने बिपत्त ऐन २०७५ लाई प्रथम पटक संशोधन गरीएको हो।
ऐन पारित गर्दै अध्यक्ष बिश्वकर्माले सबै भाषा,साहित्य तथा संस्कृतिको संरक्षण,प्रवर्धन र विकास गर्ने उद्देश्यका साथ गाउँपालिकाले यो ऐन बनाउन लागेको बताउनुभयो।
भौतिक विकाससँगै शिक्षा,स्वास्थ्य,भाषा,साहित्य, संस्कृति,कलाको पनि सँगसँगै विकास हुदाँ गाउँपालिकाको समग्र विकास हुने प्रस्टाउनुभयो।
त्यस्तै वडा नम्बर ४ का वडा अध्यक्ष तथा प्रबक्ता चिन्त सोमै मगरले गाउँपालिकामा बहुभाषीक,बहुसाँस्कृतिक समुदायको बसोबास भएकाले उक्त ऐनले यहाँ रहेको भाषा,साहित्य,संस्कृति, दर्शन तथा समाजशास्त्रको अध्ययन,अनुसन्धानमा सहयोग पुर्याउने बताउनुभयो।
यस्तै पूंजीगत बजेट ८ करोड मेध्य ८७ लाख ७६ हजार मध्ये १ करोड ९९ लाख ७६ हजार ५ सय ३८ रुपैयाँ ९९ पैसा खर्च भएको छ।
चालुतर्फ ३१ करोड ४८ लाख ५८ हजार मध्ये १२ करोड ५१ लाख ८ सय २५ रुपैयाँ ५६ पैसा खर्च भएको छ।
यस आर्थिक बर्षको माघ मसान्त सम्म चालू तर्फ ३८.४१ प्रतिशत र पुजिगतमा २२.५० प्रतिशत वित्तिय प्रगति भएको छ।
ठूला आयोजनाहरुको काम सम्पन्न हुन बाँकी रहेकाले वित्तिय प्रगतिको अवस्था कम देखिन गएको प्रमुख प्रशासकिय अधिृकत देबिराम पाठकले बताउनुभयो।
त्यस्तै शभामा वडा नम्बर ५ का वडा अध्यक्ष लक्ष्मी पल्लीले भाषा,सस्कृति तथा कलाकाे संरक्षण र विकास सम्वन्धमा व्यवस्था गर्न बनेकाे विधेयक २०८१ पेश गर्नुभएको थियो। भने वडा नम्बर २ का वडा अध्यक्ष भानुभक्त भुसालले विपद व्यवस्थापन ऐन २०७५ प्रथम संशोधन विधेयक २०८१ पेश गर्नुभएको थियो।
गाउँपालिकाको शभाले जारी गरेका विभिन्न संशाेधित याेजना तथा कार्यक्रम अनुमाेदनका अनुमोदन गर्ने निर्णय गरेको छ।
गाउँसभामा सरुमारानी गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष तथा प्रबक्ता चिन्त सोमै मगर,कार्यपालिका सदस्य आशा बि.क,कार्यापालिका सदस्य मिन्टु गुरुङ्ग,नम्बर ५ वडा अध्यक्ष लक्ष्मी पल्ली,वडा नम्बर १ का वडा अध्यक्ष नर बहादुर घर्तीले शुभकामना मन्तब्य राख्नुभएको थियो। शभामा एक देखि ६ वडासम्मका वडाध्यक्ष,वडासदस्य लगायतको उपस्थित रहेको थियो।


प्रतिक्रिया राख्नुहोस्