सीता बि.क
प्युठान,भारतको उत्तराखण्डमा लागिरहेको कुम्भमेला अवलोकनको क्रममा हराएकी प्युठान नगरपालिका-३ निवासी गोपी पौडेलको खोजी गरिदिन सोही वडाका अध्यक्ष सुमन राज श्रेष्ठले आग्रह गरेका छन।
श्रेष्ठले प्युठान नगरपालिका वडा नं. ३ निवासी ४ नंम्बर वडामा बस्दै आउनुभएका बिष्णु पौडेलका श्रीमति वर्ष ५३ की गोपी पौडेल भारतको उत्तराखण्डमा लागेको कुम्भ मेला अवलोकनका क्रममा मिती२०८१ फागुन १० गते दिउँसो १:०० बजे देखी हराएको हुदाँ हालसम्म उनको कुनै सम्पर्क नआएकाले परिवार अत्यन्त चिन्तित भएको भन्दै सुचना जारी गर्दै खोजिका लागि आवश्यक प्रयास गरिदिन सर्बसाधरण लाई आग्रह गरेका हुन।
५ फिट उचाई,गहुँगोरो,कालो कपाल,साडी/चोलो पहिरनमा रहेकी पौडेल देख्नुभएको वा कुनै जानकारी प्राप्त भर्नुभएमा ००९१७०८०६५५३१६, ९८४४९५६२३२, ९८५७८८४६७१, ९८४७८९६६८३,वडा कार्यालय सम्पर्क नंम्बर ०८६-४६००६०, ९८५७८३३६८१ सम्पर्क गरिदिन अनुरोध गरिएको छ।
सम्बन्धित खवर
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्