नेपाल पत्रकार महासंघ प्युठानको निर्णय : ३ वर्षे रणनीतिक योजना बनाएर काम गर्ने  

नेपाल पत्रकार महासंघ प्युठानको निर्णय : ३ वर्षे रणनीतिक योजना बनाएर काम गर्ने  

सीता बि.क
प्युठान,नेपाल पत्रकार महासंघ प्युठानकोब आठौं महाधिवेशन अन्तर्गत सम्पन्न निर्वाचनबाट निर्वाचित केन्द्रीय जिल्ला शाखाको आज तेस्रो बैठक बसेको छ। बैठकले पाँच वटा निर्णय गरेको सचिव बासुदेव गिरीले जानकारी दिनुभयो।
सुचना केन्द्र विजुवारमा आज बसेकाे बैठकले शाखाकाे ३ बर्से रणनितिक याेजना (२०८२-२०८४) निर्माण गर्ने निर्णय गरेकाे छ ।उक्त याेजना निर्माणकाे लागि अध्यक्ष श्रीराम भण्डारीकाे संयाेजकत्वमा ५ सदस्यीय उप समिति गठन गरिएको छ ।
त्यस्तै प्यूठान शाखामा आवद्ध पत्रकारहरुले पत्रकार आचार सहिता पालना गर्दै सञ्चार क्षेत्रको विकासको लागि कटिवद्ध हुँदै शाखाको हित विपरित कार्य नगर्न/नगराउन जिल्लामा क्रियाशिल सम्पूर्ण पत्रकार,सम्बद्ध सञ्चार माध्यमहरुलाई समेत अनुरोध गर्ने, साथै जिल्ला शाखा प्यूठानको नियमित बैठक प्रत्येक महिनाको पहिलो शनिवार बस्ने, जिल्ला स्थित सञ्चारकमी, रेडियो,अनलाईन, पत्रपत्रिका, स्थानीय तह, जिल्ला स्थित सरकारी तथा गैर सरकारी कार्यालयहरुको अद्यावधिक विवरण सहितको मिडिया डायरी प्रकाशनका लागि उप-समिति गठन गर्ने निर्णय, जिल्ला स्थित स्थानीय तह,सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्थाहरुसंगको सहकार्यमा कार्यक्रम उत्पादन तथा सञ्चालनका लागि प्रस्ताव लेखन उप-समिति गठन गर्ने निर्णय गरिएको बताइएको छ।जिल्ला स्थित स्थानीय तह,सरकारी तथा गैर सरकारी कार्यालय, बैंक तथा वीत्तिय संस्थाहरुबाट प्रकाशन हुँदै आएका सूचना तथा विज्ञापनका सन्दर्भमा जिल्ला बाहिरका मिडिया तथा सञ्चार गृहहरुलाई बढि प्राथमिकता दिँदै आएको पाइएकोले जिल्लाका मिडिया तथा सञ्चार गृहहरुलाई प्राथमिकीकरण गरि सूचना, विज्ञापन तथा कार्यक्रम उपलब्ध गराउन सम्बन्धित सवैमा अनुरोध गर्ने निर्णय समेत गरिएको छ ।
बैठक समापन गर्दै शाखाका अध्यक्ष श्रीराम भण्डारीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता,श्रमजीवी पत्रकारको हकहित र आर्थिक सङ्कट बेहोरिरहेको जिल्लाको पत्रकारिता क्षेत्रको संस्थागत विकासका लागि आफू सधै  दृढतापूर्वक उभिने प्रतिबद्धता व्यक्त गर्नुभयो।