नेपाल रेडक्रस सोसाइटी  बिजुवार उप-शाखाको शभापतीमा पुनः भण्डारी चयन

नेपाल रेडक्रस सोसाइटी  बिजुवार उप-शाखाको शभापतीमा पुनः भण्डारी चयन

राम बहादुर बिश्वकर्मा 
प्युठान,नेपाल रेडक्रस सोसाइटी बिजुवार उपशाखाको आठौं अधिबेशन बाट लोकमणि भण्डारी पुनः अध्यक्षमा चयन हुनु भएको छ ।
शनिवार विजुवारमा सम्पन्न भएको उपशाखाको २० औँ साधारण सभा तथा आठौं अधिवेशनबाट अध्यक्षमा भण्डारी पुन चयन हुनुभएको हो।

तस्बिर :नेपाल रेडक्रस सोसाइटी बिजुवार उप-शाखाको आठौं अधिबेशन बाट नव निर्वाचित टिम


त्यस्तै उपसभापति राधादेवी केसी,सचिव निरज सुवेदी,उपसचिव सूर्यचन्द्र खनाल,कोषाध्यक्ष प्रदीप कर्माचार्य, सहकोषाध्यक्षमा पुरुषोत्तम रिजाल चयन हुनु भएको छ भने सदस्यमा सरस्वती श्रेष्ठ, राजकुमारी श्रेष्ठ,सुशील कर्माचार्य,केशव पाण्डे,राजिव सुवेदी रहनु भएको छ ।
अधिवेशनका प्रमुख अतिथी प्युठान नगरपालिकाका प्रमुख विष्णु बहादुर योगीले नेपाल रेडक्रस सोसाइटी स्थापना कालदेखिनै पारदर्शिताको साथ अगाडी बढीरहेको बताउनुभयो । रेडक्रसले नागरिक स्तरमा गरिरहेको कार्य प्रसंसनिय रहेको बताउदै रेडक्रसको पारदर्शिता र गरिमा बनाई राख्न शुभकामना ब्यक्त गर्नुभएको थियो ।प्युठान नगरपालिकाका सस्थापक नगर प्रमुख अर्जुनकुमार कक्षपतिले रेडक्रस सोसाइटीमा लाग्ने हरेक सदस्यले पवित्र मनले मानवीय सेवा गर्दै विपद् र दुःखमा परेका व्यक्तिको घाउमा मल्हम लगाउनुपर्नेमा  जोड दिनुभयो। 
अन्तर्राष्ट्रियरूपमा ख्यातिप्राप्त नेपाल रेडक्रस सोसाइटीलाई राजनीतिबाट टाढै राख्नुपर्ने सुझाव दिँदै कक्षपतिले राजनीतिक दलहरूले पनि यस्ता संस्थालाई स्वतन्त्ररूपमा मानवीय सेवामा लाग्न प्रेरित गर्नुपर्ने सुझाव दिनुभयो।जिल्ला सभापति गुमानराज पुलामीले मानव बिपत्ति हटाउनको लागि रेडक्रसको स्थापना भएको बताउँदै रेडक्रसको अभियानको बारेमा चर्चा गर्नुभएको थियो।
रगत र रेडक्रस,राहत र रेडक्रस,जहाँ मानव पिडा त्यहाँ रेडक्रस अर्थात सबै विपदमा रेडक्रस भनेर रेडक्रसको छविलाई चिनाउन रेडक्रस प्युठान सफल भएको सभापति पुलामीले बताउनुभयो ।
नेपाल रेडक्रस सोसाइटी बिजुवार उपशाखा सभापति लोकमणी भण्डारीले बर्षभरी संचालन गरेको महत्वपूर्ण कामको बिषयमा जानकारी गराउनुभएको थियो।