राम बहादुर बिश्वकर्मा
प्युठान,सामाजिक क्षेत्रमा काम गरिरहेको कालिका बिकास केन्द्र नेपाल बिजुवारको आयोजनामा आज बिहान मन्दिर परिसरमा वृहत् सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।
४४ औं सामाजिक सेवा दिवसको अवसर पारी प्युठान नगरपालिका वडा नम्बर ४ विजुवार बजार स्थित कालिका भगवती र भैरव मन्दिर परिसरमा सरसफाइ गरिएको हो।
कालिका निकास केन्द्र नेपालले गरेको कार्यक्रममा इलाका प्रहरी कार्यालय बिजुवारको सहकार्य रहेको छ।बिहान ८ बजेदेखि भएको सरसफाइमा कार्यक्रममा कालिका बिकास केन्द्र नेपालका अध्यक्ष सनत श्रेष्ठ,कार्यसमिति, प्युठान नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष रेशम कार्की,वडाका संस्थापक अध्यक्ष लक्ष्मी प्रकाश राज भण्डारी,सस्थाका कार्यकारी निर्देशक राजेन्द्र प्रसाद राजभण्डारी,आजीवन सदस्यहरु लगायतको उपस्थिति रहेको थियोे।
मन्दिर सरसफाइ कार्यक्रमले सम्पदाहरूको संरक्षण तथा परिसरको वातावरण सफा सुग्घर राख्न सरसफाइ अभियान सञ्चालन गरिएको आयोजक सस्थाले जनाएको छ।
सस्थाका अध्यक्ष सनत श्रेष्ठले सरसफाइ कार्यक्रमले युवाहरूमा सामाजिक भावनाको विकास गराउन सकारात्मक सन्देश दिएको बताउनुभयो।
युवाहरूमा जिम्मेवार नागरिक बनाउनका लागि चरित्र,साहस,अनुशासन,नेतृत्व विकास र निस्वार्थ सेवाको आदर्श भावनाको विकास गराउने उद्देश्यका साथ सामाजिक सेवा दिवशको अबसरमा मन्दिर सरसफाइ कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो।
जिल्लामा कार्यरत गैरसरकारी संस्थाले सामाजिक क्षेत्रमा भए गरेका क्रियाकलापहरूलाई आम जनमानसमा पारदर्शितवरले गरिरहेको उहाँको भनाई छ।
तस्बिर :सामाजिक सेवा दिवशको अबसरमा आयोजित मन्दिर परिसर सरसफाइ अभियानमा सरिक सस्थाका अध्यक्ष सनत श्रेष्ठ
मन्दिरको सरसफाइले अरूलाई पनि सामाजिक कार्यमा सक्रिय हुन प्रेरणा दिएको वडाका सस्थापक अध्यक्ष लक्ष्मी प्रकाश राजभण्डारीले बताउनुभयो ।
आयोजक सस्थाको पहलमा सुरु गरिएको विभिन्न सामाजिक सेवाको अभियानलाई स्फुर्त रुपमा सफल बनाउँन आफुले साथ दिदै आएको राजभण्डारीको भनाई छ।
त्यस्तै प्युठान नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष रेशम कार्किले सामाजिक सेवाको क्षेत्रलाइ कसरी राष्ट्रिय गौरबको क्षेत्र बनाउन सकिन्छ भन्ने बारेमा सबैले सोच्नुपर्ने बताउनुभयो।
गैह्र सरकारी क्षेत्रको कामलाइ कसरी नतिजामुखि र सुशासनयुक्त बनाउन सकिन्छ भनेर सबैले सोच्नुपर्ने भन्दै उहाँले समाजसेवामा समर्पित हुन यो क्षेत्र सम्बद्ध सबैलाइ आग्रह गर्नुभयो।
गैरसरकारी संस्था र यसमा आवद्ध समाजसेवीहरुको मनोवल बढाउन र यस क्षेत्रमा लाग्न अभिप्रेरित गर्न तथा सामाजिक क्षेत्रमा भए गरेका क्रियाकलापहरुलाई आम जनमानसमा पुर्याउने माध्यमको रुपमा वि.सं. २०३६ सालदेखि प्रत्येक वर्ष असोज ६ गते सामाजिक सेवा दिवस मनाउन थालिएको हो।
तस्बिर: कालिका भगवती मन्दिर र भैरव मन्दिर वरीपरी सरसरसफाई


प्रतिक्रिया राख्नुहोस्