सीता बि.क
प्युठान,प्युठान नगरपालिकाले आफ्नो प्रतीक चिह्न (लोगो)बनाउनेलाई रु २५ हजार दिने भएको छ। नगरपालिकाले आइतबार एक सूचना जारी गर्दै नगरपालिकाको प्रष्ट पहिचान झल्किने गरी लोगो निर्माण गर्न इच्छुक व्यक्तिका लागि सार्वजनिकरूपमा आह्वान गरेको हो।
नगरपालिकाको पहिचान झल्किने गरी ऐतिहासिकता,जनजीवन,भूगोल,आर्थिक,सामाजिक, सांस्कृतिक,धार्मिक र पर्यटकीय क्षेत्रलाई समेटेर प्रतिक चिन्ह (लोगो) डिजाईन गरी प्रयोगमा लोगो निर्माण गर्दा कुनै पनि जातीय विभेद,साम्प्रदायिकता,सार्वभौमिकता,राष्ट्रिय एकता र अखण्डतामा आँच आउने सङ्केत प्रयोग गर्न नपाइने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद भण्डारीले बताउनुभयो।
उहाँले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र
प्रतिक चिन्ह (लोगो) डिजाईन गरी प्रयोगमा ल्याउनका लागि ईच्छुक व्यक्ति वा संस्थाहरूले आफ्नो सीप र क्षमताको प्रयोग गरी उपयुक्त प्रतिक चिन्ह बनाई सो को E-copy नगरपालिकाको मेल ठेगाना pyuthan.mun@gmail.com वा कार्यालयमा स्वयं उपस्थित भई प्रस्ताब पेश गर्नुपर्ने बताउनुभयो।
प्राप्त लोगो डिजाइनहरु मध्ये लोगो निर्माण मूल्याङ्कन समितिको मूल्याङ्कनबाट उत्कृष्ठ भएको लोगो प्रयोगमा ल्याईनेछ।उत्कृष्ट देखिइ छनौट भएको लोगोको डिजाइनरलाई एक कार्यक्रम सहित कदरपत्र नगद रु. २५,०००/-(अक्षरेपी पच्चिस हजार रुपैया)मा नियमानुसार करकट्टी गरी नगद पुरस्कार प्रदान गरिने सूचनामा उल्लेख छ।
लोगो निर्माण गर्दा ध्यान दिनु पर्ने विषयहरु
• नेपाली नागरिक हुनुपर्नेछ।
• प्यूठान नगरपालिकाको नाम,प्यूठान नगरपालिका प्यूठान र नेपालको राष्ट्रिय झण्डा अनिवार्य हुनुपर्ने।
• प्यूठान नगरपालिका अन्तर्गतका आर्थिक,सामाजिक,धार्मिक,सांस्कृतिक,ऐतिहासिक, पर्यटकीय क्षेत्र लगायतका विषय समावेश हुनुपर्ने
• आकर्षक रङ रोगनले सुसज्जित हुनुपर्ने
• कुनै पनि जातीय विभेद,साम्प्रदायिकता,सार्वभौमसत्ता,राष्ट्रिय एकतामा खलल पुग्ने चिन्ह वा संकेत हुन नहुने।
• मौलिकता र सृजनात्मकतालाई विशेष ख्याल गरिनुपर्ने।
• डिजाइन गरेको लोगो अन्य कार्यालय वा संघ संस्थाहरुसँग मेल खाने हुन नहुने, नक्कल नगरिएको र मौलिक हुनुपर्ने।
• लोगोमा प्रयोग भएका संकेतहरुको संक्षिप्त व्याख्या हुनुपर्ने।
• मुल्याकन तथा छनोट सिफारिस समितिबाट प्राप्त भएका प्रतिक चिन्हहरुमा आवश्यक परिमार्जन गर्न आग्रह गरेमा सो अनुसारको परिमार्जन गर्नुपर्नेछ।
• मुल्याङ्कन तथा छनोट सिफारिस समितिबाट प्राप्त प्रतिक चिन्हहरुलाई उपयुक्त नठानेमा पुनःप्रतिक चिन्हका लागि सूचना आव्हान गर्न सकिनेछ।
• लोगो स्वीकृत सम्बन्धी सम्पूर्ण अधिकार नगरपालिकामा निहित रहनेछ।
• लोगो डिजाइन गरी सफ्टकफी सहित पठाउनु पर्नेछ।
प्रतिक्रिया राख्नुहोस्