प्युठानमा ग्यास लिक हुँदा आगलागी,घरायसी सामाग्री जलेर नष्ट   

प्युठानमा ग्यास लिक हुँदा आगलागी,घरायसी सामाग्री जलेर नष्ट   

प्युठान,प्युठानमा ग्यास चुहावट हुँदा एक घरमा आगलागी भएको छ।प्युठान नगरपालिका वडा नं.- ४ जुम्री स्थित कृष्ण बिष्टकाे घरमा आगलागी भएकाे हो।
आगलागीमा मानवीय क्षति नभए पनि घर भाडामा बस्ने लक्ष्मण चौधरीको घर परिबारका लत्ताकपडा खाद्य बस्तु जलेर पुर्ण रुपमा क्षति भएकाे छ।खाना पकाउने ग्यास चुहावट भएर आगलागी भएकाे हुनसक्ने ईलाका प्रहरी कार्यलय बिजुवारका प्रमुख चन्द्रकान्त अधिकारीले जानकारी दिनुभयो।
उहाँका अनुसार लामो समय ग्यासको पाइपमा फोहोर जम्मा भई रेगुलेटर बाट ग्यास लिक भई आगालागि हनसक्छ अझै एकिन हुन सकिरहेको छैन।अहिले पनि घटना स्थलमै छौँ,आगलागिबाट के कति नाेक्सानि भयाे भन्ने बारे पुर्ण बिवरण आउन छ उहाँले भन्नुभयो।
दिउसाेकाे समयमा आगलागी हुदा मानवीय क्षति नभएकाे घरायसी सामान तथा खाध्य सामान  जलेर नष्ट भएकाे प्युठान नगरपालिकाका नगर प्रवक्ता शुमन श्रेष्ठले बताउनुभयो ।
आगाे नेपाल प्रहरी र स्थानीयहरुकाे सहभागीतामा नियन्त्रणमा लिएकाे श्रेष्ठले बताउनुभयो।