सीता बि.क
प्युठान,आत्मा शान्ति र राष्ट्र शान्तिकाे नाराका साथ झन्डै २८ महिना अघि नेपाल यात्रामा निस्केका राम भक्त काेडिण्य प्याकुरेल चेनपुरे प्युठानका पालिकाहरुमा अाइपुगेका छन।
साइकलमा नेपालको राष्ट्रिय झण्डा बोकेर देशका ७ सय ५३ वटा स्थानीय तहश्वमा शान्तिको सन्देश फैलाई नयाँ रेकर्ड कायम गर्ने र आफ्नो देशलाई चिन्ने उद्देश्यले उनले साइकल यात्रा तय गरेका हुन।
सखुवासभाकाे चेनपुर नगरपालिका वडा न.५ निवासी ७० बर्षिय प्याकुरेल झन्डै २८ महिना अघि अर्थात २०७८ साल मङ्सिर ९ गते माेरङ्गकाे रतुवामाई नगरपालिकाबाट आफ्नो देश नेपाल यात्राको शुरुवात गरेका हुन।
सेतै फुलेको कपाल,उज्यालो चेहरा,फूर्तिलो शरीर सामान्य साइकलको अगाडी पछाडि नेपालको झण्डा र मन्द मन्द आवाजमा राष्ट्र प्रती समर्पित गितको तालमा देशका विभिन्न भुभागलाई चिन्ने क्रममा साइकल यात्रि प्याकुरेल अहिले प्युठानको गौमुखी गाउँपालिकामा आइपुगेका छन्।
उनले अहिले सम्ममा ७५३ वटा पालिका मध्ये ४ सय ६५ वटा पालिकाहरुमा आफु पुगिसकेको बताए।
तस्बिर : ७० बर्षिय साइकल यात्रि राम भक्त ब्याकुरेल
उनले बाकि रहेका पालिकाहरुकाे यात्रा गर्न अझै ३० महिना लाग्ने बताए।नेपाल यात्राके क्रममा उनले अहिलेसम्ममा ५ वटा साइकल समेत परिबर्तन गरेका छन।पछिल्लोपटक उनले GREEN CITY साइकलबाट नेपाल यात्रा गर्दै आएका छन।
एक पटक चार्ज गरेपछि झण्डै ५० किलाे मिटर सम्म चल्ने साे साइकलबाट आफुले पछिल्लोपटक यात्रा गर्दै आएको बताउदै उनले बिच बाटाेमा चार्ज सकेपछि पाइडिल हालेर पनि गन्तव्य सम्म पुग्ने गरेकाे बताउछ्न।खासगरी पछिल्लोपटक स्थानीय तहहरुमा बढ्दै गरेको भ्रष्टाचार अन्त्यका साथै आत्मा र राष्ट्रकाे शान्तिकाे लागि मात्रै आफ्नो नेपाल यात्रा रहेकाे बताए।अहिले सम्म उनले ५३ वटा जिल्लाहरुमा यात्रा गरिसकेको बताउदै उनले सबै पालिकाहरुबाट आफुले सहयोग समेत पाइरहेको बताए।यात्राको क्रममा आफुले भ्रमण गरिसकेका जिल्लाहरु अत्यन्तै बिचित्र लागेको भन्दै खासगरी तराईका जिल्ला भन्दा पहाडी जिल्ला अत्यन्तै रमाइलो रहेको अनुभव सुनाए।
इच्छाशक्ति र चाहाना भएपछि असम्भव भन्ने कुरा केही नहुने साइकल यात्रि प्याकुरेल बताउँछन।
प्रतिक्रिया राख्नुहोस्