अर्गानिक कृषि उपजका लागि सरुमारानीमा गड्यौला मल उत्पादन सम्बन्धि तालिम

अर्गानिक कृषि उपजका लागि सरुमारानीमा गड्यौला मल उत्पादन सम्बन्धि तालिम

सीता बि.क
प्युठान,सरुमारानीमा गड्यौला मल उत्पादन सम्बन्धि ३ दिने तालिम सम्पन्न भएको छ।सरुमारानि गाँउपालिकाकाे आयोजनामा आर्थिक बर्ष २०८१/०८२ को किसान सँग गाउँ सरकार कार्यक्रम अन्तर्गत युवा लक्षित कृषि सम्बन्धी तालिम कृषि तथा पशुपन्क्षी बिकास स्रोत केन्द्र सरुमारानी १ औलेनीमा तालिम सम्पन्न भएको हो।
रासायनिक मलको प्रयोगले माटोको अम्लियपना बढाएको र उत्पादनमा समेत असर पारेको भन्दै तालिमको आयोजना गरिएको थियो।
तालिममा विभिन्न किसिमका नगदेबाली उत्पादनमा सुधार ल्याउन तथा स्वास्थ्यबर्दक बाली उत्पादन गर्ने गडयौला मल आवश्यक रहेको बताइएको छ। पालिकाका कृषी अधिकृत तथा तालिम प्रशिक्षक इश्वर जि सि ले माटोको उर्वराशक्ति जोगाईराख्न गड्यौला मल फाइदाजनक हुने बताएका छन।भान्सा तथा घरबाट निस्किएका कुहिने वस्तु र खेतवारीमा भएका कुहिने झारपातको प्रयोग गरि यो मल तयार पार्न सकिने प्रशिक्षक जि सि ले बताए।कुहिने पदार्थहरूलाई गड्यौलाको प्रयोग गरि कुहाएर तयार पारिने उक्त मलमा एन्टिबायोटिक,भिटामिन, हर्मोन प्राप्त हुने भएकोले अरु मोल भन्दा यो मलको गुणस्तर राम्रो मानिन्छ उनले भने-"यो मल उत्पादनको लागि किसानको खेतबारी तथा खेती क्षेत्रको आधारमा के कति परिमाणमा उत्पादन गर्ने भन्ने निर्धारण गर्न सकिन्छ।एक सामान्य किसानको लागि १० फिट लम्बाई,६ फिट चौडाई तथा २ फिट उचाई भएको खाडल बनाएर यो मल उत्पादन गर्न सकिने बताइएको छ।खाडलमा मल बनाउन सुरु गरेपछि तयार हुनलाई ६० दिन लाग्ने र मल लिन सुरु गर्नु पर्ने जि सि को भनाई छ।
रासायनिक मलको प्रयोगले माटोको उर्वराशक्ति घटाउनको साथै माटो विगार्ने र मानवीय स्वास्थ्यमा समेत असर गर्ने हुदा प्राङ्गारिक मलको प्रयोगलाई बढाउनु पर्ने जि सि ले सुझाएका छन्।उनले सहर बजारबाट निस्किने कुहिने पदार्थलाई समेत प्रयोग गर्न सकिने र यसो गरेमा फोहोरमैलाको व्यवस्थापन गर्न सहयोग पुग्ने उनी बताउँछन् ।मानवीय स्वास्थ्यलाई समेत मध्यनजर गर्दै रासायनिक मलको प्रयोग छाडेर गड्यौला मलको उत्पादन र प्रयोगलाई जोड दिनसके फोहोरमैलाको उचित व्यवस्थापनमा टेवा पुग्दै अर्गानिक उत्पादनमा समेत सहयोग पुग्ने प्रशिक्षक जि सि ले जानकारी दिए।
अन्य कम्पोष्ट मल भन्दा यो मलमा विरुवालाई चाहिने खाद्य तत्व धेरै हुने भएकाले कृषि तथा पशुपन्क्षी बिकास स्रोत केन्द्र लाई सिकाई केन्द्रको रूपमा बिकास गर्ने पालिकाको योजना छ।