नेकपा एमाले प्युठान नगरपालिका ९ को वडा अधिबेशन सम्पन्न,अध्यक्षमा शिव बहादुर

नेकपा एमाले प्युठान नगरपालिका ९ को वडा अधिबेशन सम्पन्न,अध्यक्षमा शिव बहादुर

सीता बि.क
प्युठान,नेकपा एमाले प्युठान नगरपालिका वडा नं.९ को दोस्रो अधिवेशन वडा नं.९ मरन्ठाना मजुवामा सम्पन्न  भएको छ।वडा कमिटीका निबर्तमान उपाअध्यक्ष रबिन्द्र भण्डारीको अध्यक्षता,नेकपा एमाले पोलिट्ब्युरो सदस्य तथा पार्टिका जिल्ला इन्चार्ज सुर्य थापाको प्रमुख आतिथ्यता र नेकपा एमाले जिल्ला कमिटी प्युठानका अध्यक्ष बिजय बिराज बिष्टको बिशेष आतिथ्यतामा वडा अधिवेशन सम्पन्न भएको हो।
अधिवेशनमा बोल्दै प्रमुख अतिथि थापाले समाज रुपान्तरण संगै राष्ट्रको जिम्मेवारी अब नेकपा एमालेको काधमा आएको बताउदै सम्पुर्ण एमालेका नेताकार्यकर्ता जनताको बीचमा जान आवश्यक रहेको बताउनुभयो। प्रतिनिधि शभा सदस्य समेत रहनुभएका थापाले एमाले नेतृत्वको अहिलेको सरकारलाई असफल गराउन केहि त्यस्ता तत्वहरु लागिरहेको हुँदा त्यस्ता नकारात्मक गतिविधिका विरुद्ध पनि एकरुपताका साथ लाग्नुपर्ने भन्दै एमालेका कार्यकर्ता जनताको समस्यालाई आफ्नो मानेर साथ र सहयोग गर्न समेत आग्रह गर्नुभयो।

प्रदेश कमिटी सदस्य लक्ष्मी प्रकाश राजभण्डारी, अखिल नेपाल किसान संघका केन्द्रिय सदस्य नेहरसिह के,सि,जिल्ला कमिटिका सचिव इन्द्रमणी पोख्रेल,उप- सचिब इश्वरा आचार्य,सचिवालय सदस्य नेगनसिह कुवर,प्युठान नगरपालिका नगर कमिटी अध्यक्ष गिरु प्रसाद भण्डारी,उपाध्यक्ष ध्रुव जि सि, जिल्ला कमिटी सदस्य गिर बहादुर सुनार,अनेरास्ववियुका जिल्ला अध्यक्ष टेकराज के सि लगायतले मन्तब्य राख्नुभएको थियो।उक्त अधिबेशन बाट नयाँ नेतृत्वको लागि शिव बहादुर  के सीको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी सर्वसम्मत रुपले निर्वाचित गरिएको छ।जसको  उपाध्यक्षमा टोप बहादुर के सि,सचिव पुर्ण बहादुर भण्डारी,सह-सचिव चित्रा नगरकोटि, बिक्रम के सि सहित २६ जना वडा कमिटी निर्वाचित गरिएको हो।