फेरिँदै झिमरुक फाट,खलङ्गाबाट यस्तो देखिन्छ बिजुवार बस्ती  

सीता बि.क
प्युठान,प्युठान जिल्लाको मुटु मानिने झिमरुक फाट एरियाको बस्ती अचेल यस्तो देखिन्छ।
साचै झिमरुक फाट सुन्दर मात्र हैन अती सुन्दर छ जुन क्षेत्रले प्युठान जिल्लाकै छुट्टै पहिचान कायम गरिरहेको छ। यस रमणिय क्षेत्र लाई अबलोकन गर्न कतिपयहरु भित्रीकोट र मल्लरानी डाडाबाट झिमरुक फाटको दृश्यअबलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटकहरु आएको भेटिन्छ। यसो त प्युठान जिल्ला  विशेष गरि प्राकृतिक,धार्मिक र पर्यटनको लागि महत्व बोकेको जिल्ला हो। तर बिडम्बना कुनै बेला प्युठान नगरपालिका भित्र पर्ने झिमरुक फाट अन्तर्गत रहेका दम्पती,खप्रेङखोला,बाग्दुला,टिकुरी,बिजुवार,क्वाडी मरन्ठाना,खैरा लगायतकाे भूभाग धानखेतिकाे लागि उत्पादनको उर्वर क्षेत्र रहेकाेमा पछिल्लाे समय उक्त फाट आधुनिक घरहरुले भरिएका छन् ।

तस्बिर : प्युठान जिल्लाको अन्न भण्डार तथा आकर्षक झिमरुक फाट


प्राकृतिक आनन्द लिन झिमरुक फाटको दृश्यावलोकन र रोमाञ्च अनुभूति लिन चाहने पर्यटकको लागि उक्त क्षेत्र आनन्दको स्थल मानिन्छ।
तर बिस्तारै क्रकृटमा परिणत हुँदै गरेको यो उपत्यका निकट भबिस्यमा घरै घरले भरिदा वातावरणिय असर ननिम्तेला भन्न सकिदैन।तर पनि खाली रहेको केही भुभागमा किसानहरुले खेती गर्न भने छाडेका छैनन् यति बेला ती किसानहरुले धान खेती भित्र्याउने चटारो छ।