प्युठानमा थप २९ जनामा कोरोना पुष्टि,संक्रमित २९५ पुगे

प्युठान। प्युठानमा कोरोना संक्रमितको कुल संख्या २९५ पुगेको छ।
प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा ११५ जनाको परिक्षण हुँदा आईतबार थप २९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय प्युठानले जानकारी दिएको छ।

कार्यालयका अनुसार आज थपिएका नया संक्रमितहरुमा प्युठान नगरपालिकाका ४ जना, मल्लरानी गाउँपालिकाका ७ जना, मान्डवीका ६ जना, सरुमारानीका ५ जना र स्वर्गद्वारीका ७ जना छ्न। १४ देखी ६२ बर्ष उमेर समुहका २ महिला र २७ पुरुषमा कोरोना देखिएको कार्यालयले बताएको हो। संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य छ l
जिल्लामा २ जना संक्रमित भने निको भई यश अघि नै घर फर्किएका छन।