सीता बि.क
प्युठान,संयुक्त राजनीतिक दलित संघर्ष समिति प्युठानद्वारा असोज ९ गते आयोजित अन्तक्रिर्या कार्यक्रम प्रती जिल्लाका दुई सङगठनले प्रेस विज्ञप्ती जारी गर्दै बिरोध जनाएका छन ।
संयुक्त राजनीतिक दलित संघर्ष समिति प्युठानका संयोजक गोपाल सुनारले संयुक्त राजनीतिक संघर्ष समिति प्यूठानमा आवद्ध संगठनहरूसँग कुनै समन्वय नगरी एकाएक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको भन्दै जिल्ला स्थित दुई सङगठनले बिज्ञप्ती मार्फत कार्यक्रम बहिस्कार गरेको जानकारी गराएका हुन।संयुक्त दलित संघर्ष समिति प्युठानले आफ्नो स्थापना कालदेखि जिल्ला भित्र वा जिल्ला बाहिर दलित जातीहरू माथि हुने अन्याय,अत्याचार,मुद्दा,मामिला लाई किनारा लगाएको अथवा पीडितलाई न्याय दिलाएको बिज्ञप्ती मार्फत जानकारी गराउदै जिल्लाको अहिलेको नेतृत्वले दलित संघर्ष जिल्ला समितिको एकतामा भाँजो पार्ने एवं फुट पारी गरेको मनोमानी कार्य प्रती नेपाल उत्पीडित जातीय मुक्ति समाज जिल्ला समिति,प्युठानका अध्यक्ष निमबहादुर सुनार र जातीय समता समाज जिल्ला समिति,प्यूठानका शम्शेर परियारको हस्ताक्षरमा बिहिवार संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै सरोकार पक्षमा ध्यानाकर्षण गराएका छन्।
जारी गरिएको बिज्ञप्ति यस्तो छ
प्यूठान जिल्लामा अवस्थित संयुक्त राजनीतिक दलित संघर्ष समितिले आफ्नो स्थापना कालदेखि जिल्ला भित्र वा जिल्ला बाहिर दलित जातीहरू माथि हुने अन्याय,अत्याचार मुद्दा मामिलालाई किनारा लगाएको अथवा पीडितलाई न्याय दिलाएको सबैमा सर्वविदितै छ।केही वर्षयता संयुक्त राजनीतिक संघर्ष समिति प्यूठानमा आवद्ध संगठनहरूसँग समन्वय गरि कुनै पनि प्रकारका बैठकहरु आयोजना गरिएनन्।तर संघर्ष समितिमा आवद्ध संगठनहरुसँगको समन्वय विना एकाएक कार्तिक ९ गते अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको बुझिएको छ।यो हाम्रो गौरवमय दलित संघर्ष समितिमा जुन एकता थियो सो एकतामा भाँजो पार्ने एवं फुट पारी मनोमानी क्रियाकलाप हो।यो क्रियाकलापको हामी घोर भत्र्सना गर्दछौ विज्ञप्तीमा उल्लेख गरिएको छ।सो अन्तरक्रिया कार्यक्रममा आफ्नो सङगठन निगट साथिहरु सहभागी नहुने अथवा सो कार्यक्रम बहिष्कार गरेको र जिल्ला स्थित सम्पुर्ण दलित समुदायका सम्पुर्ण साथिहरुलाई कार्यक्रममा सहभागी नहुनका लागि प्रेस विज्ञप्ती मार्फत अपिल गरेका छन्।

प्रतिक्रिया राख्नुहोस्