नेसपाका केन्द्रिय सदस्य के सि द्वारा पार्टी परित्याग,व्याप्त भ्रष्टाचार विरुद्ध जन अभियान चलाउने उद्घोष

नेसपाका केन्द्रिय सदस्य के सि द्वारा पार्टी परित्याग,व्याप्त भ्रष्टाचार विरुद्ध जन अभियान चलाउने उद्घोष

राम बहादुर बिश्वकर्मा
प्युठान,नेसपाका नेता कर्णध्वज के.सि ले पार्टी परित्याग गर्नुभएको छ।
आइतबार आफ्नो फेसबुक पेज सामाजिक संजालमा स्टाटस सार्वजनिक गर्दै के.सि पार्टी परित्याग गरेको घोषणा गर्नुभएको हो।
दिनानुदिन कुनै पनि राजनीतिक दल प्रती जनताको आक्रोश बढ्दै गएको र चौतर्फि व्याप्त भ्रष्टाचारका विरुद्ध जन अभियान चलाउन जनसरोकारका विषयमा प्रत्यक्ष जोडिने उद्देश्यले आफु संबद्ध दलको आबद्धता परित्याग गर्नु परेको बताउनुभएको छ।


बिध्यार्थी जिवनकाल देखि नै निरन्तर रुपमा राजनीतिक यात्रा सुरु गर्नुभएका तत्कालीन जिबिस सभापती के सि नेपालको कम्युनिष्ट आन्दोलनका अथक योद्धा,स्पष्ट नेता,सादा जीवन उच्च विचारको धनी मानिने उहाँ यस अघि नेपाल समाजबादी पार्टी नेपालका केन्द्रिय सदस्य हुनुहुन्थ्यो।पार्टी परित्याग गरी स्वतन्त्र बस्ने घोषणा गरेका के.सि ले अहिले मुलुकमा भ्रष्टाचार गम्भीर चुनौतिको रुपमा बढ्दै गइरहेको बताउनुभयो।


तपाईको पार्टी परित्याग किन ? भन्ने प्रश्नमा पैरवी अनलाइन सङ्ग कुरा गर्दै उहाँले राजनीतिक क्षेत्रमा भ्रष्टाचारको सञ्जाल व्यापक रहेको सरकारी निकाय तथा सार्वजनिक संस्थानबाट प्राप्त सेवा लिदा सर्वसाधारणले खेप्नुपरेको हैरानी ढिलासुस्ती अनियमितता तथा भ्रष्टाचार सङ्ग सम्बन्धित गुनासोमा कानुनी परामर्श तथा आवश्यक सरसल्लाह दिने उद्देश्यले पार्टी परित्याग गरेको बताउनुभयो ।
ब्याप्त भ्रष्टाचारको कारण सबैभन्दा ठूलो असर कमजोर वर्ग गरिब समुदायलाई परेको छ के सि ले भन्नुभयो-"भ्रष्टाचारले विकास निर्माणका काममा अवरोध हुदै गएको छ,जसले गर्दा मुलुकले निकास पाउन सकिरहेको छैन।यदी हामी सचेत नागरिकहरु भ्रष्टाचारको विरोधमा उभिएनौँ भने मुलुकको सार्वभौमसत्ता नै बाँकी नरहन पनि सक्छ।"साथै भ्रष्टाचारले राष्ट्रिय अस्तिमालाई नै धरापमा पारेको उहाँको भनाई छ।


भ्रष्टाचार न्यूनिकरण गर्न सानो तिनो प्रयासले मात्र नपुग्ने भएका कारण सम्पूर्ण नागरिकहरु एकजुट भएर भ्रष्टाचारको विरुद्धमा उत्रिनुपर्ने भएकाले उक्त अभियानमा आबद्ध हुन सचेत नागरिक लाई आग्रह समेत गर्नुभएको छ।