कता जादैछ हाम्रो समाज ?

राम बहादुर बिश्वकर्मा

अनाखमा ब्यक्ति कुटिँदा रमाउने समाज,महिला बलात्कृत हुँदा ढाकछोप गर्ने समाज,२१ औं शताब्दीमा  पनि जातिय छुवाछूत तथा विभेद गर्ने समाज,पीडितलाई थप पीडा पर्दा वाहवाही गर्ने झुन्ड,छिमेकीको उन्नति र प्रगति देखेर डाहा गर्ने परिवार यी व्यवहारले मानिस कति असंवेदनशील भएछन् र मानवीयता कुन हदसम्म हराएछ भन्ने स्पष्ट देखिन्छ।हाम्रो चेतना स्तरको मापन हुनुका साथै समाज हिँडेको बाटो कुन दिशातर्फ गएको छ भन्ने थाह हुन्छ।
जब तपाईं आफ्नो स्वार्थ र अरूको गोटी बन्दै समाजको पहिचान,मूल्य,मान्यता र सस्कार भत्काउन थाल्नुहुन्छ,तपाईंले चाहेको जसरी उपलब्धि हात लाग्दैन भन्ने प्रमाण संविधानमा अंकित छन्। विगतमा समाजमा भएका अनुपयुक्त अभ्यासहरू दुरदशाको कारण बनिरहेका छन्।हरेक क्षेत्र,तप्का,जाति,भाषा,लिंग र वर्गले शोषण गरेको हाम्रो समाजमा कहालीलाग्दो अवस्थाबाट गुज्रँदै छ।
मुलुकको मूल कानून संविधानले प्रदान गरेको नागरिक स्वतन्त्रता एंव मौलिक हक–अधिकारलाई समाजमा प्रतिस्थापन गर्नको खातिर भयरहित वातावरणको निमार्ण गर्दै नागरिक सुरक्षाको पूर्ण प्रत्याभूती नै आदर्श लोकतन्त्रको मूल्य,मान्यता एवं सिद्धान्त समेत हो । उक्त मूलभूत सिद्धान्तको जगमा माथि उठी नागरिक समाजको हितको लागि कार्य आरम्भ गर्ने प्रयास नै लोकतन्त्रको अर्को सुन्दर पक्ष हो जसमा राज्य एवं नागरिक समाजको समन्वयात्मक भुमिका झल्किने छ भन्दा फरक नपर्ला ।
यस विपरित नागरिक समाजमा बहाल रहेको शान्ति तथा अमन–चयनमा बाधा अवरोध उत्पन्न गरी-गराई भयभित वातावरण तयार गर्दै राज्यपक्षलाई वाध्यात्मक अवस्थामा सिमित तत्वबाट संञ्चालन गरिएको अराजक गतीविधीलाई लोकतन्त्रको नाममा रुपान्तर गर्न खोज्नु गैरलोकतान्त्रिक सस्कृतीको उपज मात्र हो।तत्पश्चात ध्वन्सात्मक एवं अराजक क्रीयाकलापलाई कथीत लोकतान्त्रिक चरित्रको संज्ञादिदै सम्बन्धित मुलुक लगायत विश्व जनमतलाई भ्रमीत तुल्याउने चेष्ठा गरिन्छ।यस प्रकारका आपराधिक मनोवृतीले भरिपूर्ण क्रियाकलापलाई कुनै पनि हालतमा लोकतान्त्रिक पद्धती मान्न सकिदैन।