लक–डाउन उल्लघन गर्ने  ३ सय ५० सवारी साधन  पक्राउ

दाङ । कोरोना भाइरस (कोभिड–१९)  को संक्रमण रोक्नका लागि सरकारले गरेको लक–डाउन उल्लंघन गर्ने  ३ सय ५० सवारी साधनलाई प्रहरीले पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यलय दाङले पहिलो दिन जिल्लाका विभिन्न स्थानबाट  यी सवारी साधनसँगै चालकलाई नियन्त्रणमा लिएको हो। लक–डाउन उल्लंघन गर्ने २ सय ७३  मोटरसाइकल, ३६  ट्रक, मिनी भ्यान  १३, टिप्पर १० वटा, अटो रिक्सा  १० , टेक्टर सात  र एउटा बसलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिनुभयो ।प्रहरी उपरीक्षक खड्काका अनुसार  सबैभन्दा धेरै  इलाका प्रहरीले कार्यालय तुलसीपुरमाले एक सय ८७ वटा सवारी साधन पक्राउ गरेको छ। यता जिल्ला प्रशासन कार्यालयले औषधोपचार, खाद्यवस्तु खरिदजस्ता अत्यावश्यक कामबाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर ननिस्कन  आग्रह गरेको छ ।