काठमाडौँ — प्रतिनिधिसभामा कांग्रेसका तर्फबाट समानुपातिक सांसद पार्वता डिसी चौधरीले ८ लाख ठगी गरेको भन्दै संसद सचिवालयमा उजुरी परेको छ । दाङको तत्कालीन गढवा गाविसका कांग्रेस उपसभापति कृष्णराज पाण्डे र लिलाबहादुर थापाले ८ लाख ठगी गरेको आरोप लगाउँदै सांसद चौधरीविरुद्ध सचिवालयमा उजुरी दिएका हुन् । संसद सचिवालयले उनीहरुको उजुरी सोमबार १०८० नम्बरमा दर्ता गरेको छ ।पाण्डे र थापाले चौधरीले २०७४ सालमा दुई पटक गरी ८ लाख रुपैयाँ लगेकोमा पटक–पटक आग्रह गर्दापनि फिर्ता नदिएपछि उजुरी गर्नु परेको जनाएका छन् ।चौधरीलाई उनको एभरेष्ट बैंकको खातामा ३ लाख र लक्ष्मी बैंकको खातामा ५ लाख गरी ८ लाख जम्मा गरिदिएको उजुरीकर्ताले उल्लेख गरेका छन् । विश्वासको सम्बन्धका कारण पार्टीको नेतालाई दिएको पैसा फिर्ता नगरेपछि बाध्य भएर उजुरी दिनु परेको उनीहरुको भनाइ छ ।महासचिव मनोहरप्रसाद भट्टराईलाई सम्बोधन गर्दै दिइएको उजुरीमा चौधरी आफूहरुको सम्पर्कमा आउन नचाहेकाले रकम दिलाइदिन अनुरोध गरिएको छ ।कांग्रेस केन्द्रीय सदस्य समेत रहेकी चौधरी दाङको लमही नगरपालिका–५ की स्थायी बासिन्दा हुन ।
प्रतिक्रिया राख्नुहोस्