दाङ । घोराही उप–महानगरपालिका वडा नं. १४ मेयर कप फुटवल प्रतियोगतामा विजयी हुने खेलाडीलाई सम्मान तथा पुरस्कृत गरेको छ । गत पुष २४ देखि माघ १३ गते सम्म घोराहीमा संचालन भएको मेयर कप फुटवल प्रतियोगितामा दोश्रो स्थान हासिल गरेको भन्दै खेलाडीलाई सम्मान तथा पुरस्कृत गरिएको हो । वडा कार्यालयले बिजयी हुने २१ जना खेलाडीलाई नगद २५ सय र प्रमाणपत्र ले सम्मान गरिएको वडा अध्यक्ष शक्तिराम डाँगीले जानकारी दिनुभयो । पुरस्कृत हुनेमा सबैलाई घोराही उप–महानगरपालिकाका मेयर नरुलाल चौधरीले प्रमाणपत्र र नगद हस्तान्तरण गर्नु भएको थियो । सो अबसरमा नगर प्रमुख चौधरीले खेल क्षेत्रको विकासका लागि मेयरकप फुटवलले सहयोग पु¥र्याएको बताउँनुभयो ।
पुरस्कार बितरणका समारोहका प्रमुख अतिथी समेत रहनु भएका चौधरीले घोराहीमा समंग्र खेल क्षेत्रको विकास गर्नका लागि यसै बर्ष देखि उप–मेयरकप छात्रा भलिवल समेत आयोजना गरिएको वताउँनुभयो । कार्यक्रममा बोल्दै वडा अध्यक्ष शक्तिराम डाँगीले स्थानिय स्तरमा खेल क्षेत्रको विकासमा प्रत्येक बर्ष आयोजना हुने मेयरकप फुटवलले सहयोग पु¥र्याइको वताउँनुभयो । वडाको तर्फबाट खेलाडीलाई प्रोत्साहन गर्न प्रत्येक वडा वडामा खेलाडी उत्पादनका लागि प्रतियोगिता आयोजना हुने उल्लेख गर्नुभयो ।
यस्तै उप–महानगरपालिका वाट प्राप्त ५० पुरस्कार समेत प्रदान खेलाडीहरुलाई हस्तान्तरण गरिएको थियो । वडा सदस्य लक्षुमण बुढाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा दाङ उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुषाल, नेकपा प्रतिनिधी दिलकुमारी बुढा, शहरी स्वास्थ्य क्लीनिकका खिमा भुषाल लगाएले शुभकामना व्यक्त गर्नु भएको थियो । वडा अध्यक्ष शक्तिराम डाँगीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन वडा सदस्य गुलाम रशुलले गर्नु भएको थियो ।


प्रतिक्रिया राख्नुहोस्