राम बहादुर बिश्वकर्मा
प्युठान,नेपाल पत्रकार महासंघ,जिल्ला शाखा प्युठान अधिवेशनमा जुटेको छ। आगामी बैशाख ५ गते हुने आठौं अधिवेशन सम्पन्न गराउनको लागि पत्रकार महासंघले तयारी थालेको हो। जसअन्तरगत महासंघले विभिन्न उप-समितिहरु गठन गरी जिम्मेवारी बाँडफाँड गरेको छ।
शुक्रबार बसेको कार्यसमितिको बैठकले विभिन्न तीन वटा उप–समिति गठन गर्नुका साथै केही निर्णयहरु गरेको शाखाका सचिब प्रकाश बैद्दले जानकारी गराए।
बैठक सदस्यहरुको सदस्यता शुद्धीकरण सम्वन्धमा जिल्ला शाखाले गरेको निर्णय विधि प्रक्रिया पुरा गरेको हुनाले हुवहु कार्यान्वयनका लागि महासंघ केन्द्रलाई अनुरोध गर्ने निर्णय गरेको छ।
महासंघकी उपाध्यक्ष राधिका भुसालको संयोजकत्वमा सदस्य श्री सीता बि.क.नर्मदा भट्ट लाई मञ्च व्यवस्थापन उप-समिति गठन गरेको छ।
त्यसैगरी शाखाका कोषाध्यक्ष प्रज्वल पहाडीको संयोजकत्वमा सदस्य शशीधर भण्डारी,विमल प्रसाद पोखेल सदस्य रहने गरि आर्थिक व्यवस्थापन समिति गठन गरेको छ।
त्यस्तै शाखाका सह-सचिब राम बहादुर बिश्वकर्मा,कार्यसमिति सदस्य लोकेन्द्र सुनार रहने गरि शाखाका सचिब प्रकाश बैद्द्को संयोजकत्वमा
कल्याणकारी कोष कार्यावधि मस्यौदा निर्माण उप–समिति गठन गरेको छ।
शाखाका अध्यक्ष सन्जय रिजालको अध्यक्षतामा बसेको बैठकमा पत्रकार महासघका केन्द्रिय सदस्य सुशील पोख्रेलको प्रमुख आतिथ्यता रहेको थियो भने पुर्ब अध्यक्ष गिरुप्रसाद भण्डारीको बिशेष आतिथ्यता रहेको थियो।
त्यस्तै बैठकमा प्रेस सेन्टरका अध्यक्ष टिकाराम पोख्रेल,प्रेस चौतारीका अध्यक्ष बासुदेब गिरी,प्रेस युनियनका अध्यक्ष मधुसूदन भण्डारी,प्रगतिशील पत्रकार संघका अध्यक्ष जुमानसिह के सि र जनपत्रकार संघका अध्यक्ष राजेन्द्र राउत क्षेत्रि केन्द्रिय परिसद सदस्य दिपा घर्ती,तुफान अधिकारी र श्रीराम भण्डारी लगायतको उपस्थिति रहेको थियो।
बैठकका प्रमुख अतिथि पत्रकार महासघका केन्द्रिय सदस्य सुशील पोख्रेलले भर्खरै सम्पन्न केन्द्रिय समिति बैठकमा भएका निर्णयबारे जानकारी गराउदै पत्रकारिताको मूल्य,सिद्धान्त बचाउन तथा मिडिया क्षेत्र विकृत हुनबाट जोगाउन व्यावसायिक पत्रकारितामा निष्ठाको पत्रकारिता आवश्यक रहेकोमा जोड दिएका थिए।उनले पछिल्लो समय महासंघ पत्रकारहरुको पहिचान बनाउने गरि अघि बढेको जानकारी गराउँदै जिल्ला शखालाई विवादरहित बनाउन सबैको साझा सकल्पका साथ अगाडी बढ्न सबै पत्रकारलाई आग्रह समेत गरे ।
प्रतिक्रिया राख्नुहोस्