राम बहादुर बिश्वकर्मा
प्युठान,प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत तरकारी जोन कार्यक्रम प्युठान द्वारा गरिएको बेमौसमी काँक्रो उत्पादन परिक्षण सफल भएको छ।
प्युठान नगरपालिका वडा नम्बर ४ स्थित मङ्राखोलामा पहिलो पटक परिक्षण गरिएको बेमौसमी काक्रो उत्पादन सफल भएको परियोजनाका प्रमुख तथा कृषी विज्ञ चुमानसिह गिरीले जानकारी दिनुभयो।
तस्बिर: प्युठानमा पहिलो पटक सफल बेमौसमी बृष्मा जातको काक्रा
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत निर्माण गरिएको तापक्रम अनुकूलित हरितगृहमा बेमौसमी काँक्रो उत्पादन गरेर स्थानीयले बजारमा ल्याउन सफल भएको गिरीको भनाइ छ।
मंसिर महिनामा ३ वटा हरितगृहमा लगाईएको बृष्मा,राजा,डाइनोस्टिक र भक्तपुर जातका लभगभ ३ सय ६० बिरुवाले उत्पादन दिन शुरु गरेका छन्," उहाँले भन्नुभयो,यहाँका कृषकले "फाल्गुन १२ गते पहिलो पटक एकैदिनमा २० केजी काँक्रो टिपेर बजारमा पठाउन यहाँका कृषक सफल हुनुभएको छ।"
उहाँका अनुसार हेर्दा गाढा हरियो रंगको देखिने काँक्रो पहिलो पटक बजारमा आएको हुँदा उपभोक्तालाई अनौठो लागे पनि नरम र स्वादिलो भएका कारण बालबालिका र उमेर ढल्केकालाई समेत खान सहज हुन्छ ।
तस्बिर: अबलोकनका क्रममा बेमौसमी काक्राको अध्ययन र उत्पादनमा देखिएका समस्या बारे कृषक सङ्ग प्रतिक्रिया लिदै कार्यालयका प्रमुख चुमानसिह गिरी
आत्मनिर्भर अर्थतन्त्रका लागि कृषिको आधुनिकिकरण,व्यावसायिकरण र औद्योगिकिकरण लागि परियोजनाबाट कृषकलाई अनुदान उपलब्ध गराई जिल्लामा पहिलो पटक परिक्षण गरिएको उहाँको भनाई छ।
आधुनिक कृषि प्रणाली,बेमौसमी तरकारी उत्पादन,अर्गानिक खेतीको सम्भाव्यता,उत्पादनमा वृद्धि,रोगकीराबाट सुरक्षा,श्रमको सदुपयोग गर्दै सानो जग्गाबाट बढी फाइदा लिन सकिने विभिन्न प्रविधिबाट उत्पादित तरकारीको बजार प्रवद्र्धनमा परियोजनाले सघाउने समेत कार्यालय प्रमुख गिरीले बताउनुभयो।
बजारमा काँक्रोको प्रतिकिलो ८० देखि १२० सम्ममा बिक्री गरेको कृषक शारदा सापकोटा बताउनुहुन्छ।
परियोजनाले ल्याएको नयाँ नयाँ कार्यक्रमका साथै सौलियतले गर्दा यहाँ कृषक खुशी भएका छन्।
परियोजना मार्फत अवलोकनका क्रममा मङ्रखोला पुगेर स्थलगत रुपमा कृषकहसँग छलफल गर्दा रोपेका बिभिन्न जात मध्ये बृष्मा जातले राम्रो उत्पादन दिएको र कृषकहरु पनि उत्साहित भएर लागिपरेको पाईएको छ।
जिल्लामा रहेर धान जोन र तरकारी जोन मार्फत काम गरिरहेकको परियोजनाले यो अवधिमा बेमौसमी काँक्रो उत्पादन गरि आन्तरिक बजारलाई आत्मनिर्भर बनाई जिल्ला बाहिर निर्यात गर्ने योजनाका साथ काम गरिरहेको कार्यालयले जनाएको छ। 
प्रतिक्रिया राख्नुहोस्