राम बहादुर बिश्वकर्मा
प्युठान, बिगतदेखी नयाँ बजार जुम्रीमा सन्चालरत सन्जोग ट्रेडर्सले नयाँ बर्ष २०८० को अवसर पारेर पठन संस्कृतिको विकास गर्ने उद्देश्यले पुस्तक प्रदर्शनी गरेको छ।
प्रदर्शनीको शुक्रबार प्रतिनिधि शभा सदस्य सुर्य थापाले उद्घाटन गर्दै यस्ता प्रदर्शनीले सम्पूर्ण भाषा,साहित्य,कला र संस्कृतिको वृद्धिमा टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
पढ्नु भनेको परीक्षा उत्तीर्ण गरी लब्धाङ्कपत्र प्राप्त गर्नु मात्र होइन,जीवन जगत् र दर्शन बुझ्नु पनि हो ।अध्यारो भविष्यको चावीलाई खोली समृद्ध भविष्य निर्माणमा गोरेटो खन्न निरन्तर लागि पर्ने संस्कृति विकास गर्नका लागि अध्ययन संस्कृति वा पठन संस्कृतिको विकास र निर्माणमा लागि पर्नु नै आधुनिक र सुचना तथा प्रविधि मैत्री जगतको आवश्यकता रहेको छ ।" थापाले भन्नुभयो -"राज्यको समूल संस्कृतिमा पठन संस्कृतिले ठूलो प्रभाव पार्छ। त्यसलाई मध्यनजर गरेर पठनलाई जीवन–व्यवहारमा जोडिन आबश्यक छ उहाँले भन्नुभयो "- जसले पठन संस्कृतिको सैद्धान्तिक विमर्शमात्र गर्दैन,त्यसलाई व्यवहारसँग जोड्दै जीवनमा त्यसको महत्व स्थापित गर्न सघाउ पुर्याउँछ।’
पठन सिप र सस्कृतिले बौद्धिकता,तार्किकता र अग्रगमनका निम्ति आवश्यक विचार निर्माण गरेको हुन्छ तर हाम्रो सङ्कुचित चिन्तनका कारण हामीहरू अग्रगमनको मार्गमा सही रणनीतिका साथ अगाडि बढ्न नसकेको उहाँको भनाई छ ।
त्यस्तै लुम्बिनी प्रदेशका कृषि तथा सहकारी मन्त्री तुल्सिराम शर्माले अध्ययनलाई आजीवन सिकाइको रुपमा लिने र शिक्षालाई निरन्तर रुपमा बाँडी रहन खोज्ने परिपाटीको विकास गर्न आबश्यक हुने बताउनुभयो ।
हामिले दैनिक जसो अरुको कुरा काटेर समय ब्यतित गरेका हुन्छौं जसले हामिलाई नकारात्मक दिशा तर्फ अग्रसर गराएको हुन्छ त्यसैले सकारात्मक सोच तथा उत्प्रेरणाका शैलीहरुलाई आकलन गर्दा सुखी र समृद्धी नेपालीको सोचलाई सार्थकता प्रदान गर्नका लागि अब्बल दर्जाको नागरिक निर्माण गर्नका लागि पठन संस्कृतिको विकासमा टेवा पुग्ने मन्त्री शर्माको भनाई छ।
पठन संस्कृतिलाई जीवनशैलीमा बदल्ने हेतुले नयाँ बर्षको सुरुको दिनमा यस्तो कार्यक्रमको आयोजना गरिएको ट्रेडर्सका सन्चालक अर्जुनकुमार कक्षपतिले जानकारी दिनुभयो ।
उहाँले प्रत्येक जातजातिका कला र संस्कृतिका विशिष्ट सम्पदाको खोजी गरी त्यस्ता बौद्धिक सम्पत्ति प्रकाशनमा जोड दिँदै शैक्षिक स्तर सुधार र प्रत्येक भाषा,साहित्य,कला,संस्कृतिको संरक्षण र विकासका लागि आफू सधै दृढ रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यसै कार्यक्रम बिच जिल्लामा लामो समयदेखी साहित्यीक क्षेत्रमा कलम चलाउने,श्रष्ठा,वृद्धबृधा,यस बर्षको शैक्षिकसत्रमा उत्कृष्ट जि पि ए प्राप्त गर्ने बालबालिका लाई सम्मान गरिएको थियो। साथै लोक सेवा आयोग परिक्षा तयारी गरेका बिध्यार्थिलाई नि: शुल्क रुपमा पुस्तक तथा विभिन्न सामाग्री प्रदान गरिएको थियो।
प्रदर्शनीमा साहित्य,संस्कृति कला,इतिहास,धार्मिक,गथ्य, शब्दकोश सँग सम्बन्धित १ हजार ५ सय भन्दा बढी शीर्षकका पुस्तक र १ हजार भन्दा बढी लेखकको कृति राखिएको छ ।
प्रदर्शनी आज साझ सम्म खुल्ला रहने जुन अबधिभर अध्ययन गर्न चाहने ब्यक्ति सहभागी हुन आयोजकले आग्रह गरेको छ।



प्रतिक्रिया राख्नुहोस्