सीता बि.क
प्युठान,प्युठानको अग्रणी साहित्य संस्था साहित्य परिषद प्यूठानद्वारा बुधबार साहित्यिक क्षेत्रको माध्यमबाट विभिन्न विधामा योगदान पूर्याएका साहित्यिक स्रष्टाहरुलाई सम्मान गरिएको छ।
साहित्य परिषद प्यूठानले आफ्नो २९औ स्थापना दिवस समारोहको अवसरमा आज ६ जना स्रष्टाहरुलाई सम्मान गरेको हो।
ठईदेवी साहित्य पुरस्कारबाट प्यूठानका अग्रज पत्रकार एवं नेपाल पत्रकार महासघका केन्द्रिय सदस्य सुशील पोखरेलल,भुपेन्द्र स्मृति साहित्य पुरस्कारबाट बाल साहित्यकार बिजय राज आचार्य,मीना साहित्य पुरस्कारबाट साहित्यकार सीता वि.क.,कप्तान नरमिला स्मृति पुरस्कारबाट साहित्यकार राम प्रसाद पोखरेल,भुपेन्द्र स्मृति साहित्य पुरस्कार साहित्यकार एवं लेखक शशिधर भण्डारी र नवप्रतिभा साहित्य पुरस्कारबाट साहित्यकार लोकेन्द्र जि.सी. लाई सम्मान गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथी लुम्विनी प्रदेश सभा सदस्य निमा गिरीले कला साहित्य समाजको ऐना भएकाले यसको बिकास बिना समाज अघि बढ्न नसक्ने दाबी गर्नुभयो।प्युठान ऐतिहासिक एवं पर्यटकीय जिल्ला भएकाले साहित्यको माध्यमबाट पर्यटन प्रबर्द्धन गर्न सकिने गिरीको भनाई छ ।
त्यस्तै कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले पुराना श्रष्टालाई सम्मान र नयाँ श्रष्टालाई प्रोत्साहत गर्न साहित्यिक गतिविधिलाई तिब्रता दिनुपर्ने सुुझाव दिएका थिए।
राज्यले कला साहित्य क्षेत्रलाई उचित संबोधन गर्न नसक्दा यो क्षेत्र माथि उठ्न नसकेको सो कार्यक्रमका बक्ताहरुको तर्क छ।
साहित्य परिषद प्यूठानकी का.वा.अध्यक्ष विमला खनालको अध्यक्षतामा सुरु भएको भएको कार्यक्रमको संचालन सचीव धुर्ब गिरीले गर्नु भएको थियो। भने उक्त कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख धरम बहादुर जि.सी,प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्याल,जिल्लाका विभिन्न संघ संस्थाका प्रतिनिधि,पत्रकार एवं साहित्यिक स्रष्टाहरुको उपस्थिति रहेको थियो।



प्रतिक्रिया राख्नुहोस्