अब फराकिलो हुने भयो,प्युठान नगर भित्र खुम्चिएको सडक

प्यूठान,प्यूठानको मुख्य सडकको रुपमा रहेको दाखाक्वाडीको बेलुवादेखि बाग्दुलासम्मको सडक फराकिलो हुने भएको छ ।  बढ्दो शहरीकरणलाई मध्यनजर गर्दै सडक चौडाह बनाउनेबारे नगरप्रमुखको अगुवाइमा प्रमुख जिल्ला अधिकारी,सडक डिभिजन प्रमुख, सडक पूर्वाधार विकास कार्यालय प्रमुख, पालिका भित्रका सुरक्षा निकायका प्रमुख सम्मिलित बैठक बसेर यसबारे निर्णय लिइएको हो ।  बैठकले माघको पहिलो हप्ता भित्र जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्य, मन्त्री तथा प्रदेश सांसद सहितको संयुक्त बैठक बस्ने र थप निर्णय लिईने तयारी रहेको ब्रह्माले बताए। ‘हाम्रै कार्यकाल भित्र सडक फराकिलो बनाएरै छोड्छौं’,ब्रह्माले भने,‘अस्थायी संरचना हटाउँदै सडक चौडाह बनाउने सन्देश बाग्दुलाबाट दिएका हौँ ।’ उपल्लो बाग्दुला बजारका दुबै तर्फका सडकमा निर्वाध रूपमा सवारी साधन सञ्चालनमा सहजीकरण गर्न नगरपालिकाले प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरिएको उनले बताए ।