राम बहादुर बिश्वकर्मा
प्युठान,प्युठान नगरपालिका वडा नम्बर ९ मरन्ठाना स्थित बाल बिध्या माध्यामिक विद्यालयमा नेपाल रेडक्रस सोसाइटी युवा सरकल गठन भएको छ।
शुक्रबार एक भेला आयोजना गरि विद्यालयका प्रधानध्यापक केशु गिरीको अध्यक्षतामा सम्पन्न भएको हो।
विद्यालयका कक्षा ६ देखी कक्षा १० सम्मका विधार्थीको सहभागीता रहेको थियो।सहभागि विधार्थीहरुको बिचबाट कक्षा १० बाट छात्रा अनिता गिरीको अध्यक्षतामा १३ सदस्यिय समितिको गठन भएको छ।
जसको उपाध्यक्षमा आयुष बि.क,सचिब निर्भिक के सि,कोषाध्यक्ष अस्मिता बिष्ट,सह सचिव बबिता बिष्ट चयन भएका छन्। त्यस्तै सदस्यहरुमा नारायणी गिरी,रमन सुनार,सलिना घर्तिमगर,दिपा सुनार,करिना थापा मगर,बाबुराम बिष्ट,सचिन सुनार,निषा रोका,माण्डबि बिसि,इरिसा बिष्ट,गौरव सुनार लगायत रहेका छन्।
सर्कलको शिक्षक नायकमा माधव गिरी चयन गरि संरक्षकको रुपमा बिद्यालय का प्रध्यानाध्यापक केशु गिरी रहनुभएको छ।
रेडक्रसको मुल्य र मान्यता तथा सिद्धान्त र युवा रेडक्रसको कर्तव्य तथा भुमिका र कार्यहरुको बारेमा प्रकाश पार्दै शिक्षक नायक माधव गिरीले कार्यक्रमको सहजिकरण गर्नुभएको थियो।
गठन गर्ने क्रममा बिद्यालयका प्रध्यानाध्यापक केशु गिरीले रेडक्रसमा आबद्ध बालबालिकालाई शुभकामना व्यक्त गर्दै विद्यालयमा आइपर्ने विभिन्न समस्यालाई प्रभावकारी ढंगले समाधान गर्न एकजुट भइलाग्न आग्रह गर्नुभएको थियो।
विद्यालय स्तरबाट नै बालबालिकालाई रेडक्रसमा आबद्ध गराउँदा भविष्यमा समुदायसँग नजिक हुन सहयोग पुर्याउने उहाँको भनाई छ।
प्रतिक्रिया राख्नुहोस्